काठमाडौं- शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं विश्वविद्यालय(केयु) र मेलम्ची नगरपालिकाले समझदारी गरेका छन्। केयुका उपकुलपति प्राडा रामकण्ठ माकजु श्रेष्ठ र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समझदारीमा हस्ताक्षर गरेका हुन्।
समझदारी अनुसार विश्वविद्यालयले मेलम्ची नगरपालिकाको समग्र र दिगो विकासको लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासंगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारको लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासको लागि आवश्यक अल्पकालीन एवम् दिर्घकालीन परामर्श सेवा उपलब्ध गराउने छ।
यस समझदारीले मेलम्ची नगरपालिकाको शिक्षक तालिममार्फत् सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षण एवं विपद् व्यबस्थापनमा सहयोग पुग्ने, स्वरोजगारमुलक सिपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरणमैत्री दीगो पुर्वाधार विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।