काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले केही दिन गण्डकी र प्रदेश १ का एक÷दुई स्थानमा मात्रै भारी वर्षा हुने प्रक्षेपण गरेको छ। भारी वर्षा भनिए पनि लगातार वर्षा भई असर गर्ने सम्भावना न्यून रहेको महाशाखाको भनाइ छ।
नेपालको मध्य र पश्चिम नेपालनजिक न्यूनचापीय रेखा विस्तारै दक्षिणतिर सरेकाले भारी वर्षाको सम्भावना कम भएको हो।
शुक्रबार,शनिबार र आईतबार गण्डकी र प्रदेश १ का एक÷दुई स्थानमा भारी वर्षा हुने आँकलन गरिएको हो। मनसुन सकिन लागेकाले भारी वर्षाको सम्भावना कम हुदै गएको महाशाखाको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।