एजेन्सी- अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार वर्ष तीन महिनाको जेल सजाय तोकेको छ। उनको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ।
राजधानी बाकुको एक अदालतले सरकार विरोधी मुसावत पार्टीका उपसभापति तोफिग यागुब्लुलाई देशमा गुण्डागर्दीलाई प्रोत्साहन गरेको आरोप लगाइएको उनकी छोरी निगियार हजीले बताइन्।
अभियोजनकर्ताहरूले यागुब्लूलाई एक विवाहित जोडीलाई शारीरिक यातना दिएको आरोपसमेत लगाएका छन्। केही समय पहिले उनी कार दुर्घटनामा पर्दा ती महिलालाई दुर्व्यवहार गरेको आरोपसमेत उनीमाथि लगाइएको छ।
मानव अधिकारवादी समूहले उक्त फैसलालाई ‘न्यायको उपहास’ भन्दै उक्त कदमको निन्दा गर्नुका साथै अजरबैजान सरकारलाई याग्बुलुलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ।
उनको अभियोगसँगै सरकारले सरकारी आलोचकहरूलाई शान्त पार्न लामो समय देखि झुट्टा आरोपहरू लगाउने गरेको मानव अधिकारवादी उक्त समूहले बताएको छ।
मुसावत पार्टीका नेता आरिफ गजलीले आफ्ना उप नेताको पक्राउबारे सरकारको आलोचना गर्दै यागुब्लुविरूद्धको अभियोग उनको राजनैतिक क्रियाकलापलाई कमजोर पार्ने प्रयत्न मात्र भएको बताएका छन्। उनले अजरबैजानमा ‘न्याय प्रणाली’को पूर्ण पतन भएको सङ्केतसमेत गरेका छन्।
सजाय सुनाइएपछि ५९ वर्षीय यागुब्लुले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा सजाय तोकिएको भन्दै सबै आरोपको खण्डन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।