काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकाेटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ढोरपाटन बाढीको घटनाप्रति दुःख व्यक्त गरेका छन्। बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलामा अविरल वर्षासँगै आएको बाढीको घटनाप्रति दुख व्यक्त गरेका हुन्।
एक विज्ञप्ति जारी गर्दै सापकाेटा र तिमल्सिनाले राहत र उद्धारमा कमी नगर्न आग्रह गरेका छन्। घटनामा १२ जनाको मृत्य र कम्तिमा ४० जना बेपत्ता भएको खबरले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।