फाइल तस्बिर
ढोरपाटन- ढोरपाटन नगरपालिकाको वडा नं. ९ ढोरपाटन देउराली डाँडाबाट खसेको पहिरोका कारण त्यहाँका ४१ जना बेपत्ता भएका छन्। घटनास्थलमा १० जनाको शव फेला परेको छ। गएराति आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेले बताए। बाढीले ढोरपाटन वडा नं. ७, ८ र ९ का गरी करिब ३० भन्दा बढी घर बगाएको छ।
बाढीमा परी मृत्यु भएकाहरुमध्ये १ जनाको शव सनाखत भएको छ। ढोरपाटन नगरपालिका वडा नम्बर ९ की २६ वर्षीया केशमाया पुनको पहिचान भएको उनले बताए।
जिल्ला प्रशासनका अनुसार बाढीमा बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष ३५ की कौशला पुन, उनको ६ वर्षका छोरा हिक्मत पुन, ३५ वर्षका जीत बहादुर घर्ती, ४० वर्षका राजुघर्ती, वर्ष २८ की कुमारी विश्वकर्मा, वर्ष १९ कि पुतली विश्वकर्मा, ३२ वर्षकी करमति घर्ति, ३५ वर्षकी रिना घर्ति मगर, ३५ वर्षकै दिलमायाँ घर्ति र उनका ६ वर्षका छोरा रविन घर्ति रहेका छन्। यस्तै ५५ वर्षकी डोटी पुन, ५२ वर्षकी तुलमति पुन र गलकोट नगरपालिका वडा नं. ४ का २४ वर्षका नविन भण्डारी बेपत्ता रहेका छन्।
बाढीले एउटा जीप, २ वटा टयाक्टर, ३ वटा लघुजलविद्युच आयोजना, दुईवटा विद्यालय र एउटा स्वास्थ्य चौकी समेत बाढीले बगाएको छ।
बाढीले ढोरपाटन नगरपालका वडा नं. ९ को लाँकुरीबोटमा १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ। सोही स्थानमा रहेको सरस्वती आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बगाएको छ। गृहमन्त्री पुग्न सकेनन् घटनास्थल गएका गृहमन्त्री रामबहादुर थापा र प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलसहितको टोली माैसमका कारण हेलिकप्टरबाट आउन नसकेकाे प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
जिल्लप्रमुख जिल्ला अधिकारी अहिले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र प्रदेश सांसद खीमविक्रम शाही घटनास्थल पुगेकाे र त्यहाकाे जानकारी दिइरहेकाे उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।