काठमाडौं–गण्डकी प्रदेशसभाका सदस्य मोहन रेग्मीलाई कोरोना संक्रमण देखिएको छ। विधायन समितिका सभापति रेग्मीलाई बुधबार संक्रमणको पुष्टि भएको हो।
रेग्मीले गत साता भेटेका व्यक्तिमा संक्रमण देखिएपछि उनले श्वाब दिएका थिए। पोखरामा होम आइसोलेसनमा रहेका रेग्मीलाई लक्षण भने नदेखिएको बताइएको छ।
गत निर्वाचनमा रेग्मी स्याङ्जा २ ‘क’ बाट नेकपा बाट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।