काठमाडौं–ललितपुरमा तरुण दलले सञ्चालन गरेको फुुड बैंक रोक्न प्रशासनले दबाब दिएको छ। ललितपुर क्षेत्र नं. १ मा सञ्चालित फुड बैंक बन्द गर्न प्रशासनले अवरोध पुर्याएको तरुण दलले जनाएको छ।
१० दिन देखि सञ्चालनमा आएको फुड बैंकले काम नपाएर भोकै रहेका श्रमिकलाई राहत दिइरहेको कांग्रेस महासमिति सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए। ताहाखेलमा सञ्चालित फुड बैंकबाट दैनिक दुई सय बढीले राहत पाएको महर्जनले सुनाए।
अघिल्लो दिन नै कुपन वितरण गरि सामाजिक दुरी कायम गरि राहत वितरण भएको उनले बताए। उनले भने,‘निषेधाज्ञा तोडेकोे भन्दै सार्वजनिक मुद्धा लगाउने भनिएको छ।’ नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जेलले प्रशासनलाई दबाब दिएर फुडबैंक रोक्न लगाएको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।