एजेन्सी–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर अकाउन्ट ह्याक भएको छ। मोदीको अकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ।
मोदीको अकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत् सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो।
ट्वीटरले अकाउन्ट ह्याक भएकोबारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ।
यसअघि गत जुलाईमा अमेरिकाका राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कलगायतको अकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो।
मोदीको अकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको र तत्कालका लागि अरु अकाउन्ट ह्याक भएकोबारे जानकारी नरहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् ।
प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत् सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।