बागलुङ–बागलुङको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले घर बगाउँदा ११ जना बेपत्ता भएकामा २ जनाको शव फेला परेको र ९ जना अझै बेपत्ता रहेको बागलुङका एसपी नवराज भट्टले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलमा उद्धार र बेपत्ताको खोजी जारी छ।
तस्बिरहरु : उजिर मगरको फेसबुकबाट










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।