तस्बिर : उजिर मगरको फेसबुकबाट
बागलुङ–बागलुङको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ।
बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले घर बगाउँदा ११ जना बेपत्ता भएकामा २ जनाको शव फेला परेको र ९ जना अझै बेपत्ता रहेको बागलुङका एसपी नवराज भट्टले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले अहिले उद्दार र बेपत्ताको खोजी भइरहेको बताए।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए। प्रजिअ न्यौपानले भने, ‘१५ देखि २० घर बगाएको अनुमान छ। एउटा स्कुलको आधा भाग र एउटा गाडीसमेत बगाएको सूचना छ।’ बाढी-पहिरोबाट ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएको छ। भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकाले उद्धारमा जानेलाई पनि कठिनाइ भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।