काठमाडौं- नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका विनयविक्रम राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा एक कार्यक्रमका बीच बुधबार राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। भदौ १४ गतेको मन्त्रीपरिषद्को निर्णयले राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
बढुवा भएका उपरथी राणालाई पश्चिम पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको जंगी अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।