• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

३३ वर्षका मेस्सीको प्रभाव अझै होला?

64x64
ऋग्वेद शर्मा बुधबार, भदौ १७, २०७७  १३:१९
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्ने बताएसँगै अहिले विश्व फुटबल एकै ठाउँमा अड्किरहे जस्तो देखिएको छ। क्लबहरु नयाँ सिजनको तयारी र खेलाडी किनबेचमा लागिरहँदा केन्द्रमा छन् मेस्सी। 

३३ वर्षका मेस्सीमाथि अझै पनि भइरहेको विश्वास र हानथाप उनको उत्कृष्टताको प्रमाण हो। गएको १५ वर्षमा उनले मैदानबाट जे देखाए त्यसैको प्रभाव अहिले फुटबल बजारमा परिरहेको छ। गएको सिजन ला लिगामा सर्वाधिक गोलकर्ता मेस्सीको प्रभाव अझै देखिइरहनु उनको शैलीकै परिणाम हो। 

मेस्सी खेललाई रोमाञ्चक रुपमा प्रस्तुत गर्छन्। जितको आधार तयार गर्छन्। मैदानमा विपक्षीलाई समेत प्रभावित पार्न सक्ने क्षमता उनमा देखिन्छ। मैदानमा मेस्सी हुनु र नहुनुको फरक दर्शकले नै स्पष्ट देख्छन्। तर मेस्सीले गएको केही वर्षदेखि च्याम्पियन्स लिग भइरहेको खराब हारले बार्सिलोनामा नै रहिरहन अनिच्छा देखाएका छन्। 

गएको सिजन गोलका आधारमा २००७-०८ पछिको खराब सिजन भए पनि उनी असिस्टमा बनाएको नयाँ कीर्तिमानले मैदानमा अवसरको खोजीमा अझ सशक्त बने। जसले उनी स्वयम गोलकर्ता मात्र देखिँदैनन् खेलको योजनाकार जस्ता लाग्छन्। गएको सिजन मेस्सीले ३१ गोल गरे। उनको २६ असिस्टले उत्कृष्ट समय देखाए पनि गोलमा बढ्ने मेस्सीको क्षमतामा टिमको भूमिका देखिँदैन।

गएको सिजन मेस्सीका लागि कमजोर मानिए पनि युरोपका ठूला पाँच लिगको हरेक तथ्यांकलाई हेर्ने हो भने उनी उत्कृष्टभित्र नै छन्। चाहे गोलमा होस् असिस्टमा या स्ट्राइकरका लागि हुन सक्ने अरु केही। 

गएका वर्षहरुमा भन्दा मेस्सीको गोल संख्या कम हुनुमा बार्सिलोनामा उनको फेरिएको भूमिकाको पनि ठूलो कारण छ। उनी लामो समय बलमा नियन्त्रण बनाउन मिडफिल्डबाट बढेर खेलिरहेको देखिन्थे। जसले गएका वर्षहरुमा भन्दा उनको पोस्टमा प्रहार भएको सट संख्या पनि कम नै छ। 

मेस्सीले गरेका गोल, गोलका लागि बनाएका अवसर र व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ला लिगामा नै हेर्दा ला लिगामा दुई सयभन्दा धेरै गोल गर्ने खेलाडीहरु नौ जना छन्। ती नौ खेलाडीमा तीन सय गोल कटाउने खेलाडी दुई जना छन्। जसमा चार सय गोल कटाउने खेलाडी एक जना मात्र छन्। यसैले सजिलै तोडिन असम्भव जस्तो लाग्ने ला लिगामा सर्वाधिक गोलको कीर्तिमान मेस्सीको नाममा छ। ला लिगामा उनले ४ सय ८५ खेलमा ४ सय ४४ गोल र २ सय १ असिस्ट गरेका छन्। 

बार्सिलोनाबाट सबै प्रतियोगितामा गरेर सर्वाधिक गोल गरेका मेस्सी अर्जेन्टिनी राष्ट्रिय टिमका पनि सर्वाधिक गोलकर्ता हुन्। बार्सिलोनाबाट उनले ७ सय ३१ खेलमा ६ सय ३४ गोल गरेका छन् भने अर्जेन्टिनाबाट १ सय ३८ खेलमा ७० गोल गरेका छन्। 

मेस्सीको नाममा रहेर तोडिन असम्भव जस्तो लाग्ने अर्को कीर्तिमान एक वर्षमा उनले गरेको गोल संख्या हो। सन् २०१२ मा मेस्सीले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनी राष्ट्रिय टिमबाट १२ गोल गरेका थिए। जुन वर्ष मेस्सीको ९१ गोल कीर्तिमानी रह्यो। जुन सन् १९७२ मा जर्ड मुलरले ८५ गोल हानेर बनाएको कीर्तिमान तोडिएको थियो। 

प्रशिक्षक पेप गार्डिओलाको समयमा एक सय अंक बनाएर ला लिगाको उपाधि जितेको त्यो बेला मेस्सीको खेल लय लोभलाग्दो थियो। जुन वर्ष बार्सिलोनाको ७९ गोलमा मेस्सीले ला लिगामा ५९, च्याम्पियन्स लिगमा १३, कोपा डेल रेमा ५ र स्पेनिस सुपर कपमा २ गोल गरेका थिए। ९१ गोल गरेको त्यो वर्ष मेस्सीले २४ गोलको लागि अवसर बनाएर गोल र असिस्टको संख्या १ सय १५ र्पुयाएका थिए।

यस्तै विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने अवार्डमा विशेष रुपमा हेरिने बालोन डि’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच एक दशकभन्दा बढी समय प्रतिस्पर्धा जस्तै देखियो। गएको वर्ष मेस्सीले जित्नुअघि दुवै खेलाडीले समान पाँच पटक बालोन डि’ओर जितेको थिए। 

जसमा मेस्सीले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटकसहित २०१५ र २०१९ मा बालोन डि’ओर जिते। जसले विश्व फुटबलमा उत्कृष्ट खेलाडीको बहस गर्नेहरुका लागि मेस्सीलाई एक कदम अघि देखाउन तर्क मिल्यो। 

मेस्सीले युरोपियन फुटबलमा सर्वाधिक गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाएका छन्। युरोपियन लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छन्। जसमा मेस्सीले २००९-१०, २०११-१२, २०१२-१३ का साथै लगातार तीन पटक २०१६-१७, २०१७-१८ र २०१८-२०१९ मा गोल्डेन बुट जितेका छन्। यसरी मेस्सीले ६ पटक जितेको गोल्डेन बुट पनि युरोपियन फुटबलमा सर्वाधिक हो। 

मेस्सीले ६ पटक नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

बार्सिलोनाबाट लियोनल मेस्सीले चार पटक च्याम्पियन्स लिग उपाधि जितेका छन्। च्याम्पियन्स लिगका १ सय ४३ खेलमा मेस्सीले १ सय १५ गोल र ३९ असिस्ट गरेका छन्। 

मेस्सीले बार्सिलोनाबाट विभिन्न ३४ उपाधि जितेका छन्। जुन क्लबमा एक खेलाडीले जितेको सर्वाधिक उपाधि हो। यसरी हेर्दा क्लबबाट जित्न मिल्ने सबैजसो उपाधि मेस्सीले जितेका छन्। ३४ उपाधिलाई हेर्दा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ८ स्पेनिस सुपर कप, ३ फिफा क्लब विश्वकप, ३ युइएफए सुपर कप रहेका छन्।

क्लबबाट राम्रो खेल्ने तर राष्ट्रका लागि उपाधि जित्न नसक्ने आलोचना व्यहोरिरहेका मेस्सीले अर्जेन्टिनाबाट २००५ मा यु २० विश्वकपका साथै २००८-०९ मा ओलम्पिक गोल्ड मेडल जिताएका छन्। २०१४ को विश्वकपमा गोल्डेन बल जितेका मेस्सीको खेललाई उपाधिसँग मात्र जोडेर हेर्दा उनीमाथि अन्याय हुनेछ।

यो सबै इतिहास भए पनि मेस्सीसँग अझै केही गर्न सक्ने सामर्थ्य भने देखिन्छ। यसैले उनी केही परिवर्तनको खोजिमा पनि छन्। ३३ वर्षका मेस्सीसँग अब फुटबलका लागि धेरै समय बाँकी छैन। 

यत्तिका समय फुटबलको केन्द्रमा रहेका खेलाडीको अन्तिम-अन्तिम वर्ष यसरी खल्लो हुनु नमज्जा बनिरहेको छ। यसैले यसअघि चलेका हल्लाभन्दा अघि अहिले मेस्सीले क्लब छाड्ने खबर देखिन्छ। च्याम्पियन्स लिगको दयनीय र लाजमर्दो हारपछि त्यो अस्वभाविक पनि लाग्दैन।

सबै तथ्यांकलाई हेर्दा गएको सिजन मेस्सी बायर्न म्युनिकका रोबर्ट लेवान्डोस्कीभन्दा पछि देखिन्छन्। यति हुँदाहुँदै पनि उनले थप सम्भावनाहरु देखाइरहेकै छन्। त्यही सम्भावनाको खोजिकै लागि उनले म्यानचेस्टर सिटी जाने इच्छा देखाइरहेको हुनुपर्छ। मेस्सीसँग अब धेरै कुराका लागि समय पनि कम छ। हुन त बार्सिलोनाका पूर्वखेलाडी जाभीको कुरा मान्ने हो भने त मेस्सी ४० वर्षको उमेरसम्म खेल्न सक्छन्। 

यो सबैका बीच मेस्सीले क्लब छाड्ने इच्छा देखाइरहँदा पनि बार्सिलोना उनलाई छाड्न नदिने प्रयासमा लागिरहनुले उनको प्रभाव कति छ भन्ने देखिन्छ। मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने सम्झौताका आधारमा कुरा उठाइरहेका छन् भने बार्सिलोना ब्यवस्थापन उनको ७०० मिलियन युरो रिलिज क्लज नतिरी कसैले लान नपाउने बताइरहेको छ।

अहिले मेस्सीका एजेन्टसमेत रहेका उनका बुबा जर्ज मेस्सी बार्सिलोनामा छन्। उनले बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउसँग बुधबार भेट्नेछन्। जसले धेरै विषयहरु प्रष्ट पार्नेछ। मेस्सीका लागि रोकिएको समयले गति लिँदा नै उनको खेल मन पराउनेका लागि र क्लबका लागि पनि सुखद हुनेछ। आखिर जान चाहनेलाई कसरी रोकिन्छ र! मेस्सी फेरि पनि रोकिए भने उनी पूर्णरुपमा उही हुने छैनन्। जहाँ मन छैन त्यहाँ खेल कसरी हुन्छ? 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्