काठमाडौं-वरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले उच्च मनोबलका साथ काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् डा रिजालले यस्ताे आग्रह गरेका हुन्। ज्यानलाई जोखिममा राखेर काम गर्नुपर्ने भएकाले आफ्नो मनोबल उच्च राख्न उनले स्वास्थ्यकर्मीलाई हासैला दिएका छन्।
उनले लेखेका छन्, ‘म एउटा स्वास्थ्यकर्मी। हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र। हामी आफूमात्र होइन, हामीबाट परिवारसमेत जोखिममा रहन्छ।’
आफू कोरोना संक्रमित भई अस्पतालमा उपचाररत रहे पनि मनमा कुनै डर नभएको उनले बताएका छन्। यस किसिमको हौसला सबैलाई आवश्यक रहेको उनको भनाइ छ। आफ्नो स्वास्थ्य लाभको काम गर्ने सबैलाई उनले फेसबुकमार्फत् धन्यवादसमेत दिएका छन्।
शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि रिजाल दम्पती ह्याम्स अस्पतालमा उपचाररत छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।