• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ह्याङलाल उर्फ मानव तस्करका दिल्ली एजेन्ट!

मानव बेचबिखनमा तस्करको ‘ट्रिपल चेन’
64x64
नारायण अधिकारी मंगलबार, भदौ १६, २०७७  १४:४०
1140x725

काठमाडौं- पक्राउ पर्नु, छुट्नु। जेल जानु, बाहिर निस्कनु। फेरि उही अपराधको दुनियाँमा रमाउनु। अपराध गर्नकै लागि ठाउँ मात्रै होइन, देश नै परिर्वतन गर्नु। प्रहरीलाई मात्रै होइन, दूतावासलाई समेत चक्मा खुवाउनु। र, फेरि जेल जानु। जेललाई अपराधको पाठशाला ठान्नु र फेरि अपराधकर्ममा फर्कनु।सिन्धुपाल्चोकका ४६ वर्षीय याङलाल लामा भन्ने ह्याङलाल तामाङको परिचयसँगै यी विशेषता जोडिएर आउँछन्।

वि.सं. २०७० सालदेखि पक्राउ पर्न थालेका ह्याङलाल पुनः पक्राउ पर्ने, जेल जाने र बाहिरिने क्रम जारी छ। उनी सुरुमा जिल्ला प्रहरी कार्यालय पर्साबाट केही सार्वजनिक अपराध मुद्दामा २०७० कात्तिक १५ गते पक्राउ परेर ३ हजार धरौटीमा छुटेका थिए। त्यसको एक महिना नबित्दै २०७० मंसिर १४ गते मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परे। त्यसबेला १५ महिना जेल बसेर छुटे। 

पक्राउ पर्ने र छुट्ने शृंखला जारी रहे पनि  उनले आफ्नो पेसा परिर्वतन गरेनन्। फेरि उही अपराधकै दुनियाँमा फर्किए। तर पहिलाको जस्तो उनले ठाउँ मात्रै परिवर्तन गरेनन्। यसपटक उनले देश नै परिवर्नत गरेर अपराध गर्ने नयाँ योजना बनाए। त्यसका लागि रोजियो छिमेकी देश भारत। भारतमा रहँदा उनले नेपालबाटै पहिला गरेजस्तै मानव बेचबिखन तथा ओसारपसारको काम गरे। त्यहाँ उनी मानव तस्करको दिल्ली एजेन्टका रूपमा नियुक्त भए। 

पछि मानव बेचबिखन गर्न लागेको जानकारी भारतस्थित नेपाली दूतावासमा पुग्यो। ह्याङलाले बन्धक बनाएका ४४ महिलाको उद्धार दूतावासले गर्‍यो। तर ह्याङलाल भने दूतावासलाई नै चक्मा दिएर छुटे। उनलाई कारबाही गर्ने हिम्मत दूतावासले गरेन।

उनै ह्याङलाल अहिले पक्राउ परेर थुनामा गएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गत शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

मानव बेचबिखन ब्यूराको टोलीले उनलाई गत साउन १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि मानव तस्करीका नयाँ नयाँ तरिका सतहमा आएका छन्। पासपोर्ट बनाउनेदेखि, मेडिकल खर्च र विदेश जाँदा लाग्ने खर्चसमेत तस्करले नै व्यहोर्दै प्रलोभनमा पारेर मानव बेचबिखन हुने गरेको खुलेको छ। 

तस्करले नै तिर्छन् विदेश पठाउँदा लाग्ने सबै खर्च
घटना २०७४ सालको हो। कामको खोजीमा एक महिला काठमाडौं आएकी थिइन्। उनी विजय लामा भन्ने व्यक्तिको सम्पर्कमा पुगिन्। लामाले काठमाडौंमा ज्यामीको काम गर्नुभन्दा विदेश जानु नै राम्रो भएको सल्लाह दिए।

‘यहाँको भन्दा काम पनि राम्रो। कमाई पनि राम्रो भन्ने प्रलोभन देखाएपछि म विदेश जान तयार भएँ,’ प्रलोभनमा परेर विदेश जानका लागि दिल्लीबाट उद्धारपछि नेपाल फर्किएकी ती महिलाले प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘मैले दुई पटक श्रम स्वीकृतिको लागि जाँदा नपाएको कुरा विजयलाई सुनाएपछि उनले भारतको बाटो हुँदै जानुपर्छ भन्ने बताए। मैले त्यसरी जान्नँ भन्दा उनले बारम्बार प्रलोभन देखाए।’

Ncell 2
Ncell 2
nimb
nimb

मानव तस्करीको योजना बनाइरहेका विजयले विश्वासमा पार्न ती महिलाका श्रीमानलाई झापाबाट काठमाडौं बोलाए। खाने-बस्ने सबै व्यवस्था उनै विजयले मिलाए।

त्यतिन्जेल ती महिलाको पासपोर्टको म्याद गुज्रिसकेको थियो। ‘त्यसपछि विजय आफैंले १५ हजार रुपैयाँ तिरेर मेरो पासपोर्ट बनाइदिए,’ अदालतले सुनाएको आदेशमा महिलाको बयानमा उल्लेख गरिएको छ।

आफ्नै खर्च गरेर तस्करले ती महिलाको पासपोर्ट मात्रै बनाएनन्। विदेश जाँदा लाग्ने सबै खर्चसमेत आफैं हालिदिने बताए। एक रुपैयाँ खर्च नलाग्ने। कुवेतमा मासिक ९० कुवेती दिनार (करिब ३४ हजार ५ सय नेपाली रुपैयाँ) तलब पाउने र त्यसको सबै व्यवस्था विजयले आफैं मिलाउने बताएपछि ती महिला उनको प्रलोभनमा परिन्।

‘मलाई विश्वासमा पार्‍यो। भोलि केही भयो भने नेपाल फर्केर तिमीलाई छाड्दिनँ भन्दा विजयले त्यसको सबै जिम्मा मेरो भनेको थियो,’ ती महिलाको बयानमा उल्लेख छ।

यति मात्रै होइन, मानव तस्करीको योजना बनाइरहेका विजयले विश्वासमा पार्न ती महिलाका श्रीमानलाई झापाबाट काठमाडौं बोलाए। खाने-बस्ने सबै व्यवस्था उनै विजयले मिलाए। 'अब तपाईंको श्रीमतीले विदेश गएर कमाइहाल्छ। तपाईंलाई खर्च छैन होला। म ५० हजार दिउँला' भन्दै ती महिलाका श्रीमानलाई समेत तस्करले लोभ्याएका थिए। यसरी सबै खर्च तस्करले नै व्यहोरेर ती महिलालाई भारतसम्म पुर्‍याइएको थियो। 

नाइट बस चढेर नेपालगञ्ज, भारतीयले ट्याक्सीबाट पुर्‍याए बनारस
ती महिलाका श्रीमानलाई समेत विश्वास दिलाइसकेपछि 'पर्सि दिल्ली पुग्ने पर्छ। दिल्ली पुग्न तीन दिन लाग्छ' भन्दै २०७४ बैसाख ८ गते नयाँ बसपार्क पुर्‍याएर ती महिलालाई नेपालगञ्जको रात्री बस चढाए।

त्यसबेला विजयले ती महिलालाई 'साथीसमेत खोजी दिएको छु' भन्दै अर्की एक महिलालाई पनि सँगै गाडी चढाएका थिए। बसभाडासमेत विजय आफैंले तिरेका थिए। यति मात्र होइन, खर्च भनेर पाँच, पाँच सय दुवै महिलालाई दिइएको थियो।

‘भोलिपल्ट बिहान उनीहरूलाई लिन नेपालगञ्ज बसपार्कमा दुई जना भारतीय मूलका युवा पुगेका थिए। हामीलाई होटलमा लगेर खाना खुवाए। दुई घण्टा आराम गर्न समय दिए। त्यसपछि भारतीय ट्याक्सीमा चढाई बोर्डर पार गराए र बनारस पुर्‍याए,’ दिल्लीबाट उद्धार गरिएकी ती महिलाको बयानमा उल्लेख गरिएको छ।

अनि आइपुगे तस्करका दिल्ली एजेन्ट ह्याङलाल
बनारस पुर्‍याएपछि उनीहरूलाई एउटा फ्ल्याटमा थुनेर १० दिन राखियो। त्यसबेला उनीहरूको अरू महिलासँग पनि परिचय भयो। बनारस पुगेका उनीहरुलाई लिन आइपुगे तस्करका दिल्ली एजेन्ट ह्याङलाल तामाङ। ह्याङलालले नै दुई वटा रेल चढाएर उनीहरूलाई दिल्ली पुर्‍याएका थिए। नेपालबाट पठाइएका महिलालाई राख्न बनारस र दिल्लीमा उनै तामाङले फ्ल्याट भाडामा लिएका थिए।

दिल्लीको उत्तमनगरस्थित तामाङले लिएको फ्ल्याटमा उनीहरूलाई एक महिनासम्म राखियो। तर एक महिनाको बीचमा पनि तस्करले उनीहरुलाई विदेश पठाउन सकेनन्। त्यसपछि तस्करका काठमाडौंका एजेन्ट विजयलाई पटकपटक फोन गर्दा उनीहरूको नम्बर नै 'ब्ल्याक लिस्ट'मा भएकाले सम्पर्क हुन सकेन। 

ह्याङलालले नै दुई वटा रेल चढाएर उनीहरूलाई दिल्ली पुर्‍याएका थिए। नेपालबाट पठाइएका महिलालाई राख्न बनारस र दिल्लीमा उनै तामाङले फ्ल्याट भाडामा लिएका थिए।

यता दिल्ली एजेन्ट ह्याङलाल भने उनीहरूलाई 'आजै हुन्छ भोलि नै फ्लाइट हुन्छ' भन्दै थुमथुम्याउँदै बसे। ‘फ्लाइट हुन्छ, भन्ने आश्वासन मात्रै दियो। हामीलाई घरबाट बाहिर जान पनि दिएन। बन्धक बनाएर राख्यो,’ पीडित महिलाले बयानमा भनेका छन्, ‘यसरी बन्धक बनाइ राखेकोमा हामीमध्येकी १ जनाले भारतस्थित नेपाली दूतावासमा खबर गरेपछि हाम्रो उद्धार भएको हो।’

तर त्यसबेला ह्याङलाल भने आफूले उल्टै नेपाली महिलालाई सहयोग गरेको र बोलाएको बेला उपस्थित हुने भन्दै दूतावासलाई गुमराहमा राखेर छुटेका थिए।

ह्याङलाल पक्राउपछि खुले तस्करका ‘ट्रिपल चेन’
दूतावासबाट माइती इन्डियामार्फत् ती महिलालाई माइती नेपालको जिम्मा लगाएर उद्धार गरिएको थियो। तर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भने फरार नै थिए। फरार भएकाहरूमध्ये तस्करका दिल्ली एजेन्ट पक्राउ परेपछि मानव तस्करका ‘ट्रिपल चेन’ अर्थात् तीन देशमा बसेर गर्ने तस्करीको धन्दा बाहिर आएको छ।

ह्याङलाल पक्राउ परेपछि नेपालमा बसेर काम गर्ने विजय लामा, कुवेतमा बसेर युवतीको व्यवस्थापन गर्ने रामबहादुर तामाङको कर्तुत पनि बाहिर आएको छ।

विजयले नेपालबाट पठाएका महिलाहरु दिल्लीमा रिसिभ गर्ने ह्याङलालको काम थियो। त्यसको व्यवस्थापन पनि उनैले गर्थे। यसका लागि ह्याङलालले एक जना सहयोगी श्याम तामाङसमेत राखेका थिए। त्यसपछि कुवेतबाट रामबहादुरले पठा भनेको बेला ती महिलाहरुलाई कुवेत पठाउने गरेको उनले बयानमा बताएका छन्। यसबापत उनले प्रतिमहिला ३० देखि ३२ हजार रुपैयाँसम्म बुझ्ने गरेका थिए। 

दिल्लीको एयरपोर्टमा नेपाली महिलाहरूमाथि कडा निगरानी राखेपछि कुवेत पठाउने तस्करको योजना सफल हुन सकेन। दिल्लीबाट दुबई हुँदै कुवेत पुगेका ४४ जना महिलालाई पुनः दिल्ली नै फर्काइपछि उनीहरूको योजना सफल हुन सकेको थिएन। त्यही बेला दूतावासमा खबर पुगेपछि महिलाको उद्धार गरिएको थियो। तर दिल्ली एजेन्ट ह्याङलाल भने फरार हुन सफल भएका थिए।

‘विजयले नेपालबाट केटीहरू खोजी पठाउने, मैले भारतमा रिसिभ गरी मेरो फ्ल्याटमा राखी टिकट काटी कुवेत, इराकलगायतका देशहरूमा पठाउने गर्थ्यौं। यसबापत मैले कमिसन लिन्थेँ। विजयले मानिस पठाउँदा महिलाको जाने खर्च तथा टिकटबापतको खर्च तिरिदिन्थे। कुवेत पुगेपछि रामबहादुरले केटीहरूलाई आफैँले घरायसी कामकाजमा लगाइदिने गर्थे। यसरी कामकाजमा लगाएबापत एक महिलाको कुवेती दिनार ८ सय कुवेती दिनार (करिब ३ लाख नेपाली रुपैयाँ)सम्म कमिसन आउने गर्थ्यो,’ ह्याङलाले बयानमा भनेका छन्। 

उता काठमाडौंबाट महिला सप्लाई गर्ने विजय लामा भन्ने सोमबहादुर गोलेविरुद्ध पक्राउ गरी कारबाहीको दायरामा ल्याउन भन्दै काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्