काठमाडौ-डिजिटल भुक्तानीका लागि भिसा कार्ड र दराजले सम्झौता गरेका छन्। सन् २०१८ मा अलिबाबाको प्रविधि र अनुभवको लाभ उठाउँदै आफ्ना ग्राहकका लागि बढी सुविधाजनक सुरक्षित र सजिलो अनलाइन भुक्तानीका लागि यो सम्झौता भएको दराजले जनाएको छ।
यस साझेदारीलाई सुरु गर्दै दराज र भिसाले आफ्ना ग्राहकलाई असोज १४ गतेसम्म भिसा प्रिपेड कार्डमा १५ प्रतिशत छुट दिएका छन्। दराजमा ५ हजारभन्दा बढी बिक्रेताहरु र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४५ हजार भन्दा बढी उत्पादनहरु छन्।
ग्राहकहरुले यीमध्ये कुनै पनि छनोट गरि आफूले दराजमा सेभ गरिराखेको भिसा कार्डमार्फत् पूर्वभुक्तानी गरे ५०० रुपैयाँसम्मको अधिकतम छुट पाउने छन्। यो अफर एक पटकमात्रै प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट तथा डेबिट र प्रिपेड कार्डहरुमा लागू हुनेछ।
'नेपालमा अलनाइन भुक्तानी विधिहरुको विकासका लागि सामूहिक प्रयास आवस्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउँदा खुसी छौ। यो प्रारम्भिक प्रस्तावका साथ हाम्रा ग्राहकलाई पहिले देखि नै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौ', दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिगले भने।
भिसा मर्चेन्ट सेल्स अक्केरिग र साइबरसोर्सका प्रमुख शैलेश पलले भने, 'सामाजिक दूरीको आवस्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिङ हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरिदकर्तालाई अनलाइन भुक्तानी सुविधामार्फत् एक सुरक्षित अनुभव प्रदान गर्न पाउँदा खुसी छौ। दक्षिण एशियाली बजारहरुमा दराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरुको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनीहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।