एजेन्सी- २३८ दिन भोक हड्ताल बसेकी इब्रु तिम्तिकको निधन भएको छ। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षीया उनको मृत्यु बिहीबार स्तानबुलमा भएको हो।
पेशाले कानुन व्यवसायी तथा मानव अधिकारकर्मीसमेत रहेकी तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको हो। उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो।
परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो।
टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्षमात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।