काठमाडौं- टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ। नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन्‚ जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ।
हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुमा टिकटकको प्रयोग २५ प्रतिशतभन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि इन्टरनेट प्रयोगकर्ताहरूले विभिन्न समस्याहरु भोगिरहेको जानकारीहरू बाहिर आएका छन्।
अन्य इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भएपनि क्लासिक टेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाइरहेको क्लासिक टेकले जनाएको छ। क्लासिक टेकले ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको जनाएको छ।
‘सामान्य अवधिमा होस् वा इन्टरनेट प्रयोगको ‘पिक आवर’मा क्लासिक टेकका ग्राहकहरुले सहजरुपमा नै टिकटक सेवा चलाइरहेका छन्। जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन्।’ क्लासिक टेकले भनेको छ।
कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।