एजेन्सी- भारतसँग निरन्तर चलिरहेको सीमा विवादका बीच चीनियाँ राष्ट्रपति सि चिनफिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत’को निर्माणमा प्रयास गर्न आह्वान गरेका छन्।
सीले तीब्बतमा स्थिरता स्थायित्वका लागि र राष्ट्रिय एकताका लागि थप प्रयास गर्नुपर्ने महशुस भएको बताएका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षसमेत रहेका सीले तिब्बतका विषयमा भएको एक उच्च स्तरीय बैठकमा यस्तो आह्वान गरेका हुन्।
योभन्दा पहिले चीनका विदेशमन्त्री वांग यीले तिब्बतको भ्रमण गरेका थिए। त्यसै समयमा भारतसँग जोडिएको सीमामा भइरहेको निर्माणकार्यको अवलोकनसमेत गरेका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनको सेन्ट्रल मिलिटरी कमिशनका अध्यक्ष सिले बेइजिङमा तिब्बतको विषयमा भएको एक उच्च स्तरीय बैठकमा यस्तो उल्लेख गरेका हुन्।
तिब्बतका विद्यालयहरूमा राजनीतिक शिक्षामा जोड दिनुपर्ने बताउँदै सीले यसबाट तिब्बतका हरेक युवामा चीनप्रतिको माया बढ्ने विश्वास व्यक्ति गरेका छन्।
आधुनिक, एकजुट, सभ्य, सुन्दर र समाजवादी तिब्बत बनाउने संकल्प लिनुपर्ने बताउँदै त्यहाँका जातीय समूहहरूलाई एकीकृत गर्नुपर्ने आशय प्रकट गरेका छन्।
निर्वासित आध्यात्मिक नेता दलाई लामालाई समर्थन गर्ने आलोचकहरूले भने चीनले तिब्बतका मानिसहरु र त्यहाँको संस्कृतिलाई झन् कमजोर पारेको आरोप लगाउने गर्दै आएका छन्। चीनले सन् १९५० मा तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो।
-बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।