काठमाडौं-आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई भर्चुअल तालिम दिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको असर र काठमाडौं उपत्यका लगायतका मुख्य-मुख्य सहरहरुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उपयोग गर्दै कम्पनीले आफ्ना अभिकर्तालाई तालिम दिएकाे हो।
कम्पनीले भदौ १० गतेदेखि १२ गतेसम्म निर्जीवन बिमाका विविध क्षेत्रलाई समेटेर प्रशिक्षण प्रदान गरिरहेको छ। प्रशिक्षणमा कम्पनीका विभागीय प्रमुखहरुदेखि उच्चपदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गरेको हो। उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।
यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बिमाकाे बजारीकरण गरेर आफ्ना आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरि आय आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।