• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुस्तक र पुस्तकालयप्रति अनुदार राज्य

64x64
प्रजु पन्त शनिबार, भदौ १३, २०७७  १६:०४
1140x725

अध्ययनको लागि विदेश जानु भएको छैन भने, पुस्तकालय भन्नेबित्तिक्कै झट्ट तपाईंको दिमागमा कस्तो चित्र आउँछ? लैनचौरको केशर पुस्तकालय? कि, भुकम्पले भत्काएपछि बेबारिसे बनेको हरिहर भवनको नेपाल राष्ट्रिय पुस्तकालय? धुलो खाएर हत्तु हुँदा पनि खोजेको पुस्तक नपाउँदा रन्थनिभएको त्रिभुवन विश्वविद्यालयको त्रिवि केन्द्रीय पुस्तकालय? कि, कतिपय क्याम्पसको झ्यालको ढोकाबाट मात्रै चिहाउन पाइने पुस्तकालय?

साँच्चै भन्ने हो भने, नेपालमा गतिलो र खोजेको पुस्तक पाउने एउटै सार्वजनिक पुस्तकालय छैन। घण्टौं अध्ययन गरेर बस्ने, छलफल गर्ने, विचार मन्थन गर्ने, दर्शन निकाल्ने पुस्तकालय नै नभएको यसप्रति चासो राख्ने धेरैको गुनासो हुने गर्छ।

नेपाल राष्ट्रिय पुस्तकालय संघका अध्यक्ष इन्द्रप्रसाद अधिकारी राजनीतिक नेतृत्वले नै पुस्तक र पुस्तकालयको महत्त्व नबुझेको बताउँछन्। ‘हाम्रो नीति निर्माता र शासकहरुमा पढ्ने बानी छैन, जीवन दर्शन पढ्ने बानी छैन’, उनी भन्छन्, ‘पढ्दै नपढ्ने र अध्ययनशील नभएका शासकहरुलाई पुस्तकालय बनाउने, पुस्तकमा भन्सार नलगाउने, बौद्धिक क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने विचार कसरी आओस्?’

डिल्लीरमण रेग्मी पुस्तकालयकी अध्यक्ष इन्दिरा दली राज्यले पुस्तकालयलाई बेवास्ता गरेको पुस्तकालयप्रति अनुदार भएरै हो भन्छिन्। ‘यो राज्य पुस्तक र पुस्तकालयसँग डराउँछ’, दलीले भनिन्, ‘यसको गतिलो उदाहरण जमलमा शिलान्यासको अन्तिम चरणमा पुगेर भवन निर्माणको काम सरकारले नै रोक्का गर्नु हो।’

शिक्षा मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेश १ मा १ सय ५३, प्रदेश २ मा १ सय ३६, बागमती प्रदेशमा १सय ७२, गण्डकी प्रदेशमा ८८, प्रदेश ५ मा ६४, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिममा ३५ गरी नेपालभर  ६ सय ७२ सामुदायिक तथा सार्वजनिक पुस्तकालय छन्।

सरकारले नामै तोकेर विभिन्न मन्त्रालय र सरकारी निकायमा पुस्तक तथा सामाग्री खर्च भनेर वर्षैपिच्छे तोकेको हुन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक पुस्तकालयको लागि विद्यालय अनुसार वर्षेनी रकम पनि पठाउँछ। यो बाहेक सार्वजनिक पुस्तकालयको लागि सरकारले नामै किटेर तीनवटा पुस्तकालयलाई रकम उपलब्ध गराउँछ। अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख गरिएअनुसार डिल्लीरमण पुस्तकालय, केशर पुस्तकालय र नेपाल राष्ट्रिय पुस्तकालयलाई रकम विनियोजन गर्ने गरेको छ।

तीनवटै पुस्तकालयलाई एकमुष्ट रकम विनियोजन गरेको सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ५४ लाख ,२०७६/०७७ मा ५ करोड ७० लाख र २०७७/७८मा १३ करोड ७ हजार विनियोजन गरेको छ। यो रकम पुस्तकालयको सम्पूर्ण खर्चको लागि हो। जसमा केशर पुस्तकालय र डिल्लीरमण पुस्तकालयले ६/६ लाख रुपैयाँ बराबरको र राष्ट्रिय पुस्तकालयले ३ लाख बराबरको पुस्तक किन्ने गरेका छन्।

सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई सरकारको लगानी न्युन रहेको सामुदायिक पुस्तकालय संघका अध्यक्ष केशवराज आचार्य बताउँछन्। ‘सरकारले सामुदायिक पुस्तकालयलाई स्पष्ट खाका बनाएर रकम दिएको छैन, आफ्नै तजबिजमा दिएको छ। यस्तोमा त पावर भएको पुस्तकालयले पाए, अन्यत्रले पाएनन्’, उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

आचार्यका अनुसार सामुदायिक पुस्तकालय संघसँग आबद्ध पुस्तकालय ७० वटा छन्। उनीहरुसँग न्युनतम ५ हजारदेखि अधिकतम २२ हजार पुस्तकहरु छन्।

दाताकै भरमा चलेका यी पुस्तकालयहरु ‘रिड नेपाल’ नामक अमेरिकी संस्थाको सहयोगमा सञ्चालित छन्। आचार्यका अनुसार संघीयता लागू हुनुभन्दा पहिले पुस्तकालयको क्षमता र सेवा हेरी सामुदायिक पुस्तकालयलाई २ देखि ५ लाखसम्म उपलब्ध गराइएको थियो। देश संघीयतामा गएसँगै तीनै तहले स्पष्ट नीति नबनाउँदा सामुदायिक पुस्तकालय विदेशी र आफैं स्रोत खोज्नुपर्ने अवस्थामा छन्। 

पुस्तक र पुस्तकालयप्रति शासकको नफेरिएको कुदृष्टि
नेपालमा पुस्तक र पुस्तकालयको इतिहास लामो छैन। भीमशमशेरले सुरुमा मुलुकको उत्थानको लागि दुनियाँसँग सुझाव माग्दै ‘इस्तिहार’ छपाए। भीम शमशेरको यही कुराले उत्साहित महाकवि लक्ष्मी प्रसाद देवकोटा लगायतका युवाहरुले सरस्वती सार्वजनिक पुस्तकालय खोल्न बिन्ती हाले। त्यसका लागि तयारी गर्न थाले। उनीलगायत ४५/४६ जनालाई पक्राउ गरियो। उनीहरुलाई गाथगादी ताक्न खोजेको आरोप लगाइयो। केही जेल परे। दुई जनाले एक एक हजार जरिवाना तिर्नुपर्‍यो। बाँकीलाई १२ वर्ष जनहितको कुनै काम नगर्ने सर्तमा जनही १०० रुपैँया दण्ड तिराएर छाडियो। यो घटना लाइब्रेरी पर्वले चर्चित छ।

त्यस्तै राणाकालमा नै ‘मकैको खेती’ पुस्तक लेखेका सुब्बा कृष्णलाल अधिकारीको सम्पूर्ण पुस्तक जफत भयो। एक हजारप्रति छापिएकोमा एक प्रति फेला नपरेपछि जेलमै उनले मर्नुपर्‍यो।

राणाकालको कुरामात्र होइन, प्रजातन्त्र आएपछि पनि २०१२ सालमा पोखराका मुक्तिनाथ तिमिल्सिनाले लेखेको ’को अछुत’ भन्ने किताब प्रतिबन्ध लागेको थियो। मार्टिन चौतारीका अनुसन्धाता लोकरञ्जन पराजुली राज्य प्रश्नसँग डराएकाले नेपालको कमै मात्र सरकारले पढ्नको लागि पुस्तक र पुस्तकालयप्रति उदार देखिएको बताउँछन्।

‘मेरो अनुसन्धानमा विस २००७ सालदेखि राजा महेन्द्रले १७ सालको कु नगरिञ्जेलसम्म नेपालमा पुस्तकालय स्थपनाको लागि स्वर्णिम अवसर रह्यो,' उनी भन्छन्, ‘३० वर्षे पञ्चायतले त पुस्तकालय बनाउने होइन, बन्द गर्ने काम गर्‍यो। तर लोकतान्त्रिक गणतन्त्रसम्म यात्रा गर्दा पनि पढ्ने, छलफल गर्ने, बहस गर्ने पुस्तकालय बन्न सकेन।’

अहिले पुस्तक लेख्न र पुस्तकालय खोल्न प्रतिबन्ध त छैन तर शासकको रोजाइमा पुस्तकालय तथा अुनसन्धान केन्द्र खोल्नको लागि चासो नदेखिनुलाई राजनीतिमा पञ्चायत व्यवस्थाभन्दा माथि उठेको तर अन्य शिक्षा, स्वास्थ्य लगायतका विषयमा पञ्चायती पाराले नै अठ्याउन खोजेको पराजुलीको ठहर छ। ‘पञ्चायकालीन शिक्षा पाएर हुर्केको पुस्ताको शासन छ,' पराजुलीले भने, ‘राजनीतिमा पञ्चायत व्यवस्थाभन्दा माथि उठे पनि अन्य कुरामा पञ्चायतकै  व्यवहार गरिएको छ।’

राणाकालीन सरकारले नागरिकलाई गुमराहमा राखे, पञ्चायतले निश्चित जनशक्ति उत्पादन गर्ने, प्रश्न सोध्न सक्ने नागरिक बनाउन कहिल्यै ध्यान दिएन। गणातान्त्रिक सरकारले पनि राष्ट्रिय स्तरको सबै सेवा सुविधा भएको पुस्तकालय निर्माण नगर्नु, पुस्तकमाथि पटकपटक भन्सार महसुल लगाउनु, नेपाल राष्ट्रिय पुस्तकालयको जमलमा बन्ने भनिएको पुस्तकालय पनि अन्तिम समयमा आएर सरकारले नै रोक्का गर्नु, अर्को कहाँ बन्ने निश्चित गर्न नसक्नु, सामुदायिक पुस्तकालयलाई तजबिजका आधारमा रकम दिनु र देशैभरि पुस्तकालय खोल्नमा चासो नदिनुले राज्य पुस्तक र पुस्तकालयप्रति अनुदार देखिएको अधिकांश पुस्तक र पुस्तकालय संघ संगठनमा आबद्ध व्यक्तिहरुको भनाइ छ।

पुस्तकालय भवन बनाउन रोक्नु, पुस्तक भन्सार महशुल निरन्तर राख्नुले यो सरकार प्रश्न, ज्ञान, बुद्धि, विवेकसँग डराएको प्रस्ट हुने पराजुलीको भनाइ छ। भन्सार महशुल थोपरेर ज्ञान, बुद्धि र विवेकमा यो सरकारले पनि अंकुश लगाउन खोजेको र नागरिकलाई पञ्चायतमा जस्तै राज्यलाई चाहिने निश्चित जनशक्ति उत्पादनमा मात्रै केन्द्रित गरेको छ। प्रश्न गर्ने र अध्ययनशील नागरिक राज्यले चाहेको नदेखिने अनुसन्धानधाता उनी बताउँछन्।

पुस्तकसँग डराउने सत्ता
२०४६ सालमा बहुदल पुनर्स्थापना भएपछि पनि सरकारले पुस्तकमा कर लगाउँदै र हटाउँदै गर्‍यो। आर्थिक वर्ष २०५३/५४ को बजेटमा अहिलेजस्तै विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार लगाउने व्यवस्था आएको थियो। त्यतिबेला अर्थमन्त्री रामशरण महत थिए। त्यसको विरोध भएपछि बजेट पास हुँदा त्यो हट्यो। त्यस्तै आर्थिक वर्ष २०६१/६२ ताका नेपालका प्रशासकले भारत गएर पुस्तक छापेको खण्डमा छपाई मूल्यको १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरियो। राजाको प्रत्यक्ष शासनकालमा अर्थमन्त्री बनेका बेला मधुकर शमशेर राणाले विदेशबाट आउने सबै पुस्तकमा ५ प्रतिशत भन्सार लगाउने व्यवस्था गरे। विरोध भएपछि त्यो व्यवस्था पनि हट्यो।

गत वर्ष सरकारले विदेशबाट आयत हुने पुस्तकमा १० प्रतिशत भन्सार महशुल लगायो। चौतर्फी विरोध हुँदा पनि सरकार टसकोमस भएन। सरकारले चालु आर्थिक वर्षमा पनि पुस्तकमाथि लगाइएको १० प्रतिशत भन्सार महशुल जस्ताको तस्तै राखेको थियो। यो बारेमा पुनः विरोध भए। विद्यार्थी तथा बुद्धिजीवी वर्गले सरकारले पुस्तकमाथि लगाएको भन्सार महशुलले ज्ञानमाथि नियन्त्रण गर्न खोजेको बताउँदै चरणबद्ध आन्दोलन गरे तर सरकारले हटाएन।

नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डे राज्य पुस्तक र अध्ययनशील व्यक्तिदेखि डराएको देखिने बताउँछन्। ‘पहिलेका सरकारले पनि भन्सार महशुल लगाएका थिए, पुस्तकसँग आबद्ध व्यक्तिहरुले विरोध गरेपछि हटेको थियो,' पाण्डेले भने, ‘लोकतान्त्रिक सरकार त हिजो ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा भन्दा पनि कडा देखियो। चकलेटमा भन्सार महसुल घटाएको सरकारले पुस्तकमा आवश्यक देखेन।’

पुस्तकले समाज रुपान्तरण र समाज विकासको लागि कति भूमिका खेल्छ भन्ने राज्यलाई ज्ञानै नभएको डिल्लीरमण पुस्तकालयकी अध्यक्ष दलीको भनाइ छ।

पुस्तक र पुस्तकालयको महत्त्व नबुझेको सत्ता
अनुसन्धाता उत्तमबाबु श्रेष्ठ सरकारले पुस्तकालयको महत्त्व नबुझेको बताउँछन्। ‘सार्वजनिक पुस्तकालय भएपछि सबै वर्गको पहुँचमा पुग्छ’, श्रेष्ठले भने, ‘त्यहाँ अध्ययन, अनुसन्धान, छलफल बहसले नयाँ दर्शन सिर्जना हुन्छ। आविस्कार हुन्छ। नेपालको शासकले पुस्तकालयको महत्त्व बुझेको छैन।’

डिल्लीरमण पुस्तकालयकी अध्यक्ष दली गणातान्त्रिक राज्यले पुस्तक र पुस्तकालयको महत्त्व नबुझेको बताउँछिन्। आज राष्ट्रिय पुस्तकालयको महत्त्वपूर्ण पुस्तकहरु बोरामा धमिरा लाएर बसेका छन्’, उनले भनिन्, ‘सरकारले पुस्तक बुझ्थ्यो भने यो हालत हुन्न थियो होला।’

नेपालमा राणाकालमा राणाहरुले अथवा एनजिओ/आइएनजिओ तथा खास व्यक्तिहरुले दान दिएर रहेका पुस्तकालय नै राष्ट्रिय बनेका दलीको भनाइ छ। उनका अनुसार, त्रिवि केन्द्रीय पुस्तकालय सिंह शमेशेरले बेलाइती शैलीमा राखेका र्‍याक सहित उनको शेषपछि उनका सन्तानले दान दिएका थिए। केशर पुस्तकालय पनि केशर शमशेरले बनाएका हुन्। पछि राष्ट्रिय गरिएको हो। डिल्लीरमण पुस्तकालय पनि पूर्वप्रधानमन्त्री डिल्लीरमण रेग्मीकै अनुरोधमा सरकारलाई हस्तान्तरण गरिएको हो।

‘सत्तामा बसेकाहरुले पुस्तकालयलाई लगानी गरेर तत्काल फाइदा हुने देखेका छैनन्’, दलीले भनिन्, ‘त्यसैले त यही नेपाली विदेश गए अनुसन्धानधाता वैज्ञानिक हुन्छ, आविस्कार गर्छ  तर यहाँ बसेर सक्दैन। किनकि राज्यले यसतर्फ ध्यान दिएको छैन। पढ्न, अनुसन्धान गर्न पाए पो हुन्छ।’

अनुसन्धाताद्वय उत्तमबाबु श्रेष्ठ तथा लोकरञ्जन पराजुली विदेशमा स्थानीय, प्रान्तीय तथा संघीय सरकारकै प्राथामिकतामा पुस्तकालय परेको बताउँछन्। उनीहरुको साझा भनाइ छ- ‘विकसित देशमा पुस्तकालयलाई तीनै तहको सरकारले उतिकै महत्त्व दिन्छन् र पुस्तकालयको पहुँचमा सबै नागरिक पुग्छन्। हाम्रोमा स्थानीय तहले पनि पुस्तकालयमा चासो दिएका छैनन्।’

एक स्थानीय तह, एक पुस्तकालय!
सार्वजनिक पुस्तकालयको स्थापना, सञ्चालन र तिनको दिगो विकासका लागि सरकार अनुदार भएको भन्ने कुरालाई आंशिक सत्यताको रुपमा स्विकार्छन्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवं पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौला।

‘विकसित देशमा जस्तो सार्वजनिक पुस्तकालय प्रणाली नेपालमा विकास हुन सकेको छैन। अन्य देशमा कतिवटा विश्वविद्यालय खुले भन्नुभन्दा देशमा रहेका आम नागिरकको आधारभूत शिक्षा र औपचारिक शिक्षा प्रणालीभन्दा बाहिर रहेका आम नागरिकका लागि पठन संस्कृतिको विकास गर्न राज्यले के गरेको छ? भनेर सूचक  तयार गरी कार्यान्वयन गर्ने गरिन्छ’, निरौलाले भने, ‘सार्वजनिक पुस्तकालयलाई शिक्षा प्राप्त गर्ने सबैभन्दा सहज र शुलभ माध्यम मानिन्छ। त्यसैले त यस्ता पुस्तकालयलाई जनताको विश्वविद्यालय भनिएको छ। अब राज्यले कम्तीमा ७ सय ५३ वटै स्थानीय तहमा एक सुविधासम्पन्न सार्वजनिक पुस्तकालय स्थापना गरी सेवा प्रवाह गर्न ढिला गर्न हुन्न।’

सामुदायिक पुस्तकालय संघका अध्यक्ष केशवराज आचार्य र डिल्लीरमण रेग्मी पुस्ताकलय कि अध्यक्ष इन्दिरा दली आफूहरुले पुस्तकालय बनाउने गुरुयोजना बनाएर दिए पनि कार्यन्वयन नगरिएको बताउँछन्।

सामुदायिक पुस्तकालय संघका अध्यक्ष आचार्य पुस्तक नीति, पुस्तकालय नीति र हरेक स्थानीय तहले जम्मा बजेटको ६ प्रतिशत बजेट पुस्तकालयमा खर्च गर्नुपर्ने बताउँछन्।

शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला केही आशा गर्ने स्थान भने रहेको बताउँछन्। उनका अनुसार, अहिलेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश केन्द्रीय पुस्तकालय निर्माणको काम अगाडि बढेको, प्रदेश ५ को दाङमा बनेको र गुल्मीमा बन्ने तरखरमा रहेको, प्रदेश १  मा संखुवासभाको धर्मादेवी नगरपालिकाले र मोरङको केराबारी गाउँपालिकाले पनि पुस्तकालय भवन निर्माण र पुस्तकालयका लागि पहल गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १६:०४
  • #पुस्तक
  • #राष्ट्रिय-पुस्तकालय
  • #पुस्तकालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै सोमबार, भदौ ८, २०८३
कर्णालीको पर्यटन बजेटको ८० प्रतिशत धार्मिक संरचनामा, रणनीतिक गन्तव्य ओझेलमा सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ सोमबार, भदौ ८, २०८३
विराटनगर मालपोत कार्यालय अगाडि नवजात शिशु फेला सोमबार, भदौ ८, २०८३
बडीमालिका पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्