काठमाडौं- ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेका छन्। सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अमेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारोमार्फत् उपलब्ध हुने कम्पनीले बताएको छ। ल्याटिन अमेरिकाका साथै वैश्विक बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनिधित्व गर्ने विश्वास कम्पनीले लिएको छ।
‘अमेरिका मोभिलसँग रणनीतिक साझेदारीमार्फत् स्थानीय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रा लागि निकै गौरवको विषय हो। अमेरिका मोभिलसँगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ। वैश्विक बजार विकासमा यसको विशेष महत्व छ’, ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने।
‘अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो। अमेरिका मोभिल र ओपो विचको यस सहकार्यले थप नवप्रवर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यमा थप नजिक आएको अनुभव प्रदान हुने हामीले आशा लिएका छौं’, टेलसेल मार्केटिङका उप निर्देशक मार्कोस लिनेर्सले भने।
महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससँग सहकार्य स्थापना तथा विकास, वैश्विक बजारमा ब्राण्ड प्रवर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति भएको कम्पनीले उल्लेख गरेको छ। हालसम्म ओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससँग पार्टनरसिप स्थापित गरिसकेको छ। सन् २०२० देखि ओपो र नेटवर्क अपरेटर्सका बीच स्थापित विभिन्न पार्टनरसिपका श्रृंखलाले यूरोप र जापानजस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हात पार्न सघाएको बताइएको छ। साथै आउने १/२ वर्षमा ओपोले यूरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिकालगायत क्षेत्रमा थप प्रमुख वाहकहरुसँग अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरसिप स्थापनाको लक्ष्य लिएको वुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।