• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

शक्तिको आडमा 'शिवजी'को ठगी धन्दा, पीडित भन्छन्- अब मर्नबाहेक अरु उपाय देखिँदैन

डिएसपीको नेतृत्वमा छानबिन सुरु
64x64
नारायण अधिकारी शुक्रबार, भदौ १२, २०७७  १४:१०
1140x725
प्रदेश २ का अर्थमन्त्री विजय यादवसँग शिवजी यादव (रातो घेरामा)

काठमाडौं- सिरहाको औरही नगरपालिका- का ४५ वर्षीय शिवजी यादव तराईका जमिन्दार मानिन्छन्। स्थानीयस्तरमा हुने ठेक्कापट्टादेखि विकासका काममा उनको नाम जोडिइनै रहन्छ। त्यसैले उनले आफ्नो परिचयमा 'समाजसेवा' को अर्को बर्को पनि थपेका छन्। 

उनी आफैं केही समयसम्म राजनीतिक रुपमा समेत सक्रिय थिए। तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा टिकटसमेत हात पारेका थिए। तर उनी ६ मतले पराजित भए। अहिले शिवजी जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष छन्। 

त्यसैले स्थानीय शक्तिकेन्द्रदेखि प्रदेशसम्मको पहुँच शिवजीसँग छ। ठेक्कापट्टा र राजनीति गर्ने भएकाले नै उनको प्रदेश २ का अर्थमन्त्री विजय यादवसँग समेत राम्रो सम्बन्ध रहेको बताइन्छ। 

यही शक्तिकेन्द्रको पहुँचको आडमा शिवजीले ठगी धन्दाको आतंक फैलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनको 'असलियत' खुल्न थालेको छ।

आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीको नाममा भारत पठाउनेदेखि गाउँमा सापट भनेर चक्रीय ब्याजमा ऋण दिने र कपाली तमसुक बनाएर गरिबमाथि शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ।

शिवजीसँगै सिरहाका रामबाबु यादव, भागवत यादवविरुद्ध पनि उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय सिरहालाई सम्बोधन गरेर लेखिएको पत्रमा शिवजीले गरेका ठगीका कर्तुतहरु उल्लेख गरिएको छ।

शिवजीले भारतको पन्जाबमा ठेक्कामा लिएर सेलर चलाएको र त्यहाँ कामका लागि भनेर पन्जाब पुर्‍याएर श्रम शोषण गरेको फुलोदवी सदाय, महेश सदाय र रामचन्द्र सदायले जिल्ला प्रशासनमा दिएको उजुरीमा उल्लेख छ। ‘सुरुमा ८ घण्टाका काम गर्नुपर्ने। राम्रो पैसा हुने भनेर हामीलाई भारत पुर्‍याइन्छ। त्यहाँ गएपछि सेलरमै थुनेर राख्ने। बजारसमेत जान नदिने। बाहिर जान लागे कुटपिटसमेत हुन्छ’ जाहेरीमा उल्लेख छ ‘केही सामान चाहिए सेलरमै छ भन्ने र १० रुपैयाँको सामान २५ रुपैयाँमा हामीलाई बेच्ने गरिन्छ।’

जसकारण काम गरेको पैसा जति सबै सेलरमै सकिने र रित्तो हात घर फर्कनु परेको उनीहरुको गुनासो छ।

nimb
nimb
Ncell 2
Ncell 2

३६ प्रतिशतका दरले कपाली तमसुक
शिवजीले मुसहर समुदायमाथि ३६ प्रतिशतसम्मका दरले कपाली तमसुक बनाएर पैसा दिने गरेको पीडितले बताएका छन्। घर पठाउन लागेको पैसासमेत उनी आफैं राख्ने र उक्त पैसा आफ्नो भन्दै उल्टै उनीहरुकै परिवारका बाबुआमालाई दिएर ३६ प्रतिशतसम्म ब्यादरमा दिने गरेको उनीहरुको गुनासो छ।

उक्त पैसा दिएपछि शिवजीले कपाली तमसुक बनाउने र वर्षौंसम्म शोषण गर्ने गरेको भन्दै उजुरी परेको छ। ‘तमसुक नबनाउँदा कमाएर नै दिइहाल भन्छ। के गर्नु नेता पनि उ आफैं। ठेकेदार उ आफैं। गाउँघरका मान्छेसमेत डरले उसैलाई साथ दिने’ रामचन्द्र सदायले भने, ‘के गर्नु अब त मर्नुबाहेक अरु उपाय देखिँदैन।’

कोरोना भाइरसको महामारीका कारण पन्जाबको सेलरमा काम गर्न नजाने बताउँदा कुटपिटसमेत भएको रामचन्द्रले बताएका छन्। ‘भारत नजानेभन्दा हामीहरुको घर गई तिमीहरु जानुपर्छ भन्दै कुट्दै आफ्नो घर औरही लगेको र त्यहाँ एउटा कोठामा थुनेर कुटपिट भएको थियो। कुटपिटका कारण दाहिने कानसमेत राम्रोसँग सुन्न सकेको छैन। पछि मेरा आमासँग औठा छाप लगाएर साँझमा छाडिदियो’ रामचन्द्रले सिडिओ कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।

रामभजनलाई शिवजीले भारतमै गायब बनाएको आरोप
शिवजीले नै १५ महिनाअघि भारतको पन्जाबमा कामका लागि भनेर लगेका रामभजन यादव बेपत्ता भएको भन्दै उनीविरुद्ध उजुरी परेको छ। सिरहाको औरही-४ इट्टाटारका २० वर्षीय रामभजनलाई शिवजीले पन्जाब पुर्‍याएको र त्यसको ३ महिनासम्म छोरासँग सम्पर्क भए पनि त्यसबेलादेखि गायब भएको रामभजनकी आमा फुलोदेवीले बताएकी छिन्।

‘छोराबारे सोध्दा केही जवाफ आउँदैन। बरु एकपछि अर्को गर्दै बहाना बनाउँदै पन्छिने गरेका छन्। मेरो छोरो कहाँ कस्तो अवस्थामा छ खोजीका लागि पहल गरिदिनुपर्‍यो’ शिवजीविरुद्ध दिएको जाहेरीमा उल्लेख छ।

डिएसपीको नेतृत्वमा छानबिन सुरु
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई सम्बोधन गरेर जाहेर गरिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढिसकेको कँडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘उजुरी आएपछि यसबारे छानबिन गरी तुरुन्त कारबाही गर्नु भनेर एसपी कार्यालय पठाइसकेको छु। अब कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले नेपाल लाइभसँग भने।

उता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले पनि शिवजीलगायत तीनै जनाविरुद्ध अनुसन्धान सुरु भएको बताए। उनीहरुबिरुद्ध अनुसन्धान गर्न भनेर डिएसपीको नेतृत्वमा एउटा टिम नै परिचालन गरिएको पन्जियारले नेपाल लाइभलाई बताए।

पन्जियारले भने, ‘५/१० हजार ऋण दिने र लामोसमय सम्म काममा लगाउने तथा कपाली तमसुक बनाउनेसम्मको आरोप लागेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले ठगी गरेको देखिएको छ। थप अनुसन्धान र छानबिनपछि कारबाहीको दायरामा ल्याउँछौं।’

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं बुधबार, भदौ १०, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्