Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ब्राजिल विश्वकपदेखि पाराग्वे जेलसम्म

64x64
ऋग्वेद शर्मा शुक्रबार, भदौ १२, २०७७  १२:१८
1140x725

काठमाडौं- विश्व फुटबलमा धेरै खेलाडी आए-गए। तीमध्ये केही यस्ता छन् जसको अनुहार सम्झनाबाट ओझेल पर्दैन। खेल उपलब्धीसँगै बढेको सम्मानले मनमा सधैँ घर बनाइदिन्छ। उही समयमा फर्केर उसैगरी हेरौँ झैँ लाग्छ। तिनको शैली नै खेलको सुन्दर रचना बन्छ। जसले छाडेर जान्छन् सयौँ कीर्तिहरु।  

यस्तै कीर्तिमानी खेलाडीमा विश्व फुटबलले तीन रोनाल्डो देख्यो। जसमध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो अझै मैदानमा मेहनत देखाउँदै छन्। अर्का ब्राजिलका रोनाल्डो नाजारियो। जो आफ्नो समयका उत्कृष्ट खेलाडीमा दरिएरै मैदानबाट बिदा भए। यी दुईबाहेक पनि ब्राजिलले नै अर्का एक रोनाल्डोलाई विश्वस्तरमा देखायो- जसलाई हामी रोनाल्डिन्होका नामले चिन्छौँ। 

सर्वाधिक महान खेलाडीको मापन खेल कौशलका साथै त्यसबाट मिल्ने आनन्द र हर्षले हुन्छ भने पक्कै रोनाल्डिन्हो महान हुन्। प्रतिस्पर्धात्मक खेल चलिरहँदा नै मैदानमा देख्न पाइने इलास्टिको फ्लिप, रेबोना किक, नो-लुक पास जस्ता फुटबल कलाहरु र पूरै दाँत देखाएर हाँसिरहेको अनुहार। कसले बिर्सेको होला र? जुन समय रोनाल्डिन्हो मैदानका अथक योद्धा थिए। खेल कला बुझेका पारखीहरु उनको तारिफमा खुब शब्द जोड्छन्। तै पनि अपुग-अपुग जस्तो लाग्छ। 

रोनाल्डिन्हो सन् २००० को दशकमा फुटबल मन पराउने सबैको प्रिय थिए। उनको गोलमा विपक्षीसमेत उठेर तालि बजाइरहेका देखिन्थे। जसले ब्राजिलमार्फत विश्व फुटबलमा सबैको मन जितेरै विजय प्राप्त गरे। यस्तो लाग्छ, उनको खेल प्रतिस्पर्धा होइन प्रस्तुति हो। 

त्यसरी खेल मात्र होइन सबैको मन जितिरहेका खेलाडी रोनाल्डिन्हो पछिल्ला वर्ष भने हराइरहेका छन्। आफैसँग हारे जसरी। नक्कली पासपोर्टका कारण पाराग्वेको बन्दी जीवनले पछिल्लो पाँच महिना त उनका लागि हारको सबैभन्दा नमीठो अनुभव बन्यो। उनको ४०औँ जन्मदिन बन्दीरुपमा नै रह्यो। रोनाल्डिन्होले देखेका उचाइ र गहिराइका यी भोगाइहरु उपन्यासमा पग्रेल्न गाह्रा उपकथा जस्ता लाग्छन्। 

रोनाल्डिन्होकोे कथा ब्राजिलको पोर्टो एलेग्रेबाट सन् १९८० मार्च २१ मा सुरु भयो। रोनाल्डिन्होका बुबा जोआ मोरेरा व्यावसायिक फुटबल खेलाडी थिए, जो पानीजहाज मर्मत गर्ने ठाउँमा वेल्डरको काम पनि गर्थे। उनकी आमा मिग्युलिना पहिले कस्मेटिक पसलमा काम गर्थिन् भने पछि नर्स थिइन्। रोनाल्डिन्होका दाइ रोबर्टो पनि फुटबल खेलाडी नै थिए। यसैले उनी सानो छँदादेखि नै फुटबलकै वरपर भए। 

रोनाल्डिन्हो हुर्किरहेको पहिलो दशक ब्राजिलमा भ्रष्टाचार, अपराध र सामाजिक विभाजनका डरलाग्दा घटनाहरु घटिरहेका थिए। सैनिक शासनमा रहेका राष्ट्रपति जोआओ फिगयेरेदो नयाँ गणतन्त्रमा प्रवेश गर्न संघर्ष गरिरहेका मानिसहरुलाई सम्हाल्न लागिपरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तोमा रोनाल्डिन्हो आठ वर्षको छँदा उनको बुबाको हृदयघातका कारण निधन भएपछि आमा एक्लैलाई परिवारको जिम्मेवारी सहज थिएन। सानै उमेरमा बुबा गुमाए पनि बुबाले भनेको एउटा कुरा उनले कहिल्यै बिर्सिएनन्। ‘फुटबल खेल्दा सकेसम्म सहज तरिकाले खेल।’ त्यसैले होला रोनाल्डिन्होले हरेक पटक बल छुँदा देखिने सहजतामा उनी त्यसैका लागि अभ्यस्त छन् जस्तो देखिन्थ्यो। मैदानको सहजता उनको व्यक्तित्वमा पनि झल्कन्छ। 

रोनाल्डिन्हो सात वर्षको छँदादेखि युथ टिममा रहेर फुटबल खेल्न थालेका थिए। त्यसअघिसम्म रोनाल्डो नाम भएका उनी फुटबल टिममा पुगेपछि नै रोनाल्डिन्होको नामले बोलाइन थाले। आफ्नो नाम रोनाल्डिन्हो रहेकोबारे उनी भन्छन्- ‘मैले फुटबल खेल्न थाल्दा आफूभन्दा ठूलोहरुसँग मिसिएर खेल्थेँ, त्यसैले म सानो भएकाले उनीहरुले त्यो नाम दिए। पछि राष्ट्रिय टिममा पुगेपछि त अर्का पनि रोनाल्डो थिए, म सानो भएकाले मेरो नाम रोनाल्डिन्हो नै रह्यो।’

बालुवामा फुटबल खेलेर हुर्किरहेका रोनाल्डिन्हो १९८७ मा ब्राजिलियन क्लब ग्रेमियोको युथ टिममा पुगे। जहाँ एक खेल २३-० ले जित्दा एक्लै १३ गोल गरेका रोनाल्डिन्हो उतिबेलै ब्राजिलमा छाएका थिए। त्यहाँबाट नै १९९८ मा उनले सिनियर टिमबाट व्यावसायिक फुटबल सुरु गरे। दुई वर्ष पिएसजी, पाँच वर्ष बार्सिलोना, तीन वर्ष एसि मिलान हुँदै उनी २०११ मा ब्राजिलियन क्लब फ्लामेन्गोमा नै फर्किए। 

त्यसपछि ब्राजिलकै एथ्लेटिको मिनिएरो हुँदै उनी मेक्सिकोको ग्यालोस ब्लान्कोसमा २०१४ मा नौ महिना रहे। जहाँबाट ब्राजिलकै फ्लुमिनेन्से फर्किएका उनले केही समयमा नै खेल छाडे। खेल्न छाडेको तीन वर्षपछि सन् २०१८ मा उनका दाइ रोबर्टोले रोनाल्डिन्होले सन्यास लिएको जानकारी दिए। जहाँ केही समय रोनाल्डिन्हो भारतीय फुटसलमा पनि देखिए। 

सन् १९९९ मा ब्राजिल राष्ट्रिय टिममा छानिएका रोनाल्डिन्होले सुरुवातमा नै मेक्सिकोमा भएको कन्फिडिरेसन्स कपमा खेल्न पाए। जहाँ दोस्रो भएको ब्राजिलमा रोनाल्डिन्होले प्रतियोगिताकै उत्कृष्ट हुँदै गोल्डेन बलका साथै सर्वाधिक गोलकर्ताको गोल्डेन बुट पनि जितेका थिए। 

ब्राजिललाई विश्वकप जिताउँदा सन् २००२ को क्षणपछि रोनाल्डिन्होको फुटबलमा सबैभन्दा राम्रो समय स्पेनिस क्लब बार्सिलोनामा रहँदाकोलाई मानिन्छ। बार्सिलोनामा उनले २०७ खेलमा ९४ गोल र ६९ असिस्ट गरे। बार्सिलोनाका आधुनिक फुटबल सम्मानमा ठूलो योगदान रोनाल्डिन्होको छ। जहाँ उनले २००४ र २००५ मा फिफा विश्व उत्कृष्ट वर्ष खेलाडीको अवार्ड साथै २००५ मा नै बालोन डि’ओर अवार्ड जिते। 

उपाधिबाहेक हेर्दा नै रोनाल्डिन्होको खेल खुसीको अनन्त यात्रा हो। रोनाल्डिन्होले कहिल्यै पनि आफ्नो टिमका लागि खेलेनन्, सधैँ फुटबलका लागि खेले। सन् २००५ तिरै हुनुपर्छ विश्व फुटबलमा एउटा सामान्य घटनाले खुबै चर्चा पायो। ला लिगामा बार्सिलोनाको खेल चलिरहँदा एक्कासी रेफ्रीले खेल रोके। मैदानमा खेल चलिरहेकोबाहेक अर्को बल आइपुगेको रहेछ। यो सामान्य घटना नै हो। तर त्यो बल बाहिर दिन रोनाल्डिन्होले जे गरे त्यो सामान्य थिएन। 

त्यस्तो अवस्थामा प्राय सबैले बल सामान्य रुपमा बाहिर फालिदिन्छन्। तर रोनाल्डिन्होले बल गोडामा अड्याए, सधैँ जस्तो अगाडिको सबै दाँत देखाएर हाँसे, बललाई दाहिने गोडामा एक फन्को घुमाए, देब्रे गोडातिर सारे, गोलिगाँठामा उफारे, घुमाए र ज्यान पछाडिबाट हानेर बाहिर फाले। केही सेकेण्डमा रोनाल्डोले नसोचेको जे गरे त्यसले समर्थक औधि रमाए। के पक्ष के विपक्ष। यही हुन् रोनाल्डिन्हो। 

रोनाल्डिन्होका दाइ रोबर्टो अट्याकिङ मिडफिल्डर थिए। ब्राजिलदेखि स्वीट्जरल्याण्ड, पोर्चुगल र फ्रान्ससम्म व्यावसायिक फुटबल खेलेका दाइबाट नै रोनाल्डिन्होले धेरै सिके। रोनाल्डिन्होले पहिलोपटक जतिबेला फुटबल बुट लगाएर बल गोडामा पाएका थिए, घन्टौँ हावामा उफारेर बल नझार्ने अभ्यास गरिरहन्थे। टोलको बालुवा मैदानमा र फुटसलमा पनि उनले बललाई आफैसँग धेरैबर राखिरहने त्यही कला सिकिरहे। जसले पछिसम्म पनि उनको मुहारको त्यो खुला हाँसो फुटबलले नै देखाइरह्यो। 

सन् २०११ को जनवरीको कुरा हो, रोनाल्डिन्हो एसि मिलानको रातो र कालो धर्से जर्सी छाडेर ब्राजिलमा फ्लामेन्गो क्लब फर्कंदै थिए। जतिबेला उनलाई केही समय अझै युरोपमा नै खेल्नुपर्ने सुझाव आइरहेको थियो। त्यसबेला मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भनेका थिए- ‘उनको जीवनको छनोट।’ 

रोनाल्डोन्हिोले अहिलेसम्म जे गरे, त्यो उनको छनोट नै हो। फुबटल खेल्दासम्म उनी केन्द्रबाट पर भएनन्, चर्चामा रहिरहे। त्यसैले अहिले फुटबल छाडिसक्दा पनि उनको सम्झनाका क्षणहरु समर्थकमा सकिएका छैनन्। पछिल्लो समय नक्कली पासपोर्टका कारण पक्राउ परेका रोनाल्डिहोको फुटबल जीवनको चर्चा जस्तो अहिले रहेन। 

रोनाल्डिन्हो र उनका दाइ रोबर्टो पाराग्वेको क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा त्यहाँ पुग्दा नक्कली पासपोर्टका कारण पक्राउ परेका थिए। बुधबार उनी पाराग्वेको बन्दी जीवनबाट छुटेर ब्राजिल पुगेका छन्। ९० हजार डलर जरिवानासँगै ब्राजिलकै अदालतमा हरेक तीन-तीन महिनामा दुई वर्षसम्म उपस्थित हुनुपर्ने गरी उनलाई छाडियो। 

सन् २०१८ मा संरक्षित क्षेत्रको तालमा अवैधानिक रुपमा माछा मार्न घाट बनाएको अभियोगमा रोनाल्डिन्हो ब्राजिलमा कारबाहीमा परेका थिए। जसका कारण ८.५ मिलियन अमेरिकी डलर जरिवनासहित उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो। तर देश नछाड्ने अदालतको आदेश रहँदा रहँदै गएको वर्ष रोनाल्डिन्हो ब्राजिलका लागि पर्यटन दूतसमेत नियुक्त भएका थिए।

पाराग्वेमा जेलमा रहँदा पनि उनले फुटबल छाडेनन्। जेलभित्र भएकासँगको सेल्फीसँगै उनले त्यहीँ खेल पनि खेले। ११-२ ले जितेको खेलमा उनले पाँच गोल गर्नुका साथै ६ गोलका लागि पास मिलाए। जितपछि उपहारमा सुँगुर पाए। जसको चर्चा सञ्चार माध्यममा खुबै भयो। पछिल्लो समय भने रोनाल्डिन्होलाई जेलबाट निकालेर एक होटलमा नजरबन्दमा राखिएको थियो। 

फुटबल कलाका साथै मनमौजी व्यवहारका कारण पनि रोनाल्डिन्होको चर्चा उनको खेल समयमा पनि नभएको होइन। अभ्यासमा ढिला पुग्ने र कुनै दिन अभ्यासमा नै नजाने गल्तीहरु उनको खेलका पछिल्ला वर्षहरुमा धेरै दोहोरिए। जसले उनलाई उही खेल शैलीमा अझ केही वर्ष बढ्न बन्देज भइरह्यो। 

रोनाल्डिन्होले कहिल्यै उपाधि र पदकका लागि खेलेनन्। उनले खेले किनभने उनलाई खेल्न मन पर्थ्यो। बाँकी जे जितियो र जे पाइयो त्यो खेलबाहेकको ‘बोनस’ जस्तो थियो। 

(यो सामग्री बिबिसी, गार्जियन, फुटबल टाइम्सलगायतमा आधारित रहेर तयार पारिएको हो। तस्बिरहरु प्लेयर्स ट्रिब्युन, बिबिसी र फुटबल टाइम्सका हुन्।)
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेबनानमा युद्ध–विराम लागु शुक्रबार, वैशाख ४, २०८३
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्