एजेन्सी–अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालका राष्ट्रपति उम्मेदवार अनुमोदन गरेको छ। पार्टीको राष्ट्रिय सम्मेलनको पहिलो दिन सोमबार ट्रम्पलाई आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘अर्को चार वर्ष, अर्को चार वर्ष’ भन्दै नारा लगाएका थिए।
गत साता डेमोक्रेटिक पार्टीले पनि जो बाइडेनलाई राष्ट्रपति उम्मेदवार मनोनित गरिसकेको छ। डेमाक्रेटिकका तर्फबाट उपराष्ट्रपति उम्मेदवारमा चयन भएकी कमला ह्यारिस पनि अनुमोदन भइसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।