काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, विकास बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ। समीक्षा वर्षमा ६ विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको बैंकको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।