• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सकियो चालक अनुमतिपत्र छपाइ, वितरण अनिश्चित

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  १६:४९
1140x725

काठमाडौं- गत आर्थिक वर्षको सुरुमा झण्डै ८ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो। चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ। यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन। 

विभागले सरकारले जारी गरेको लकडाउनका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकेको हो।

सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकोमा लकडाउन अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार नियमित रुपमा जसरी छपाइ गरिएको भए अझैसम्म छापिसकिने थिएन। विभागले गत आवको अन्तिमसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने लक्ष्य लिएको थियो। उनले भने, ‘हामीले कामको गति बढाएकाले अहिले सकिएको हो।’

विभागले लकडाउनकै अवधिमा झण्डै ५ लाख अनुमतिपत्र छापेको थियो। साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो।

लकडाउन सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रको समेत अहिले छपाइको काम भइरहेको छ। अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कममात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ। अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो। 

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउन चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन्। सरकारले असारदेखि लकडाउन खुकुलो गरेसँगै कार्यालयले अनुमतिपत्र नवीकरण थालेका थिए। बागमती प्रदेश सरकारअन्तर्गत काठमाडौं उपत्यकामा रहेका चारवटै कार्यालयले असार र साउनमा नयाँ अनुमतिपत्र खुलाएका थिएनन्।

कार्यालयहरूले असारमा विभागबाट छापिएर आएका अनुमतिपत्र वितरण गरेका थिए। सेवाग्राहीको भीडभाड धेरै भएपछि सो सेवा साउनमा रोक्नुपरेको एकान्तकुनास्थित कार्यालयमा प्रमुख डम्बरबहादुर कार्कीले बताए। उनले भने, ‘सेवाग्राहीले राजस्व तिरेको कागजबाट पनि सवारीसाधन चलाउन सक्नुहुन्छ भनेर वितरण रोकिएको थियो।’ 

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राख्दा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको थियो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो। चैत २० गतेदेखि नियमितरुपमा अनुमतिपत्र छापिएको थियो।

Ncell 2
Ncell 2

केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान थिए। झण्डै पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र विस्थापन गरी ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालिएको थियो। विभागमा रहेका उपकरणको क्षमताभन्दा कैयौं गुणा बढी अनुमतिपत्र छाप्नुपर्ने हुँदा सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन्।

यही समस्याको समाधानका लागि गत वर्ष असोजमा ठूलो क्षमताको छपाइ उपकरण(मास प्रिन्टर) ल्याइएको थियो। अहिले सोही उपकरणबाट छपाइ भइरहेको छ। लकडाउन पहिले साना क्षमताका प्रिन्टर भने अहिले प्रयोगमा छैनन्। साना प्रिन्टरले थोरै संख्यामा छाप्ने तर सञ्चालनका लागि थप जनशक्ति चाहिने भएकाले अहिले प्रयोग नगरिएको विभागले जनाएको छ। विभागले मास्क, पञ्जालगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर काम गरिरहेको थियो। 

संविधानअनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारमा गयो र यातायात कार्यालय सङ्घीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको थियो।

अनुमतिपत्र छपाइको काम भने नेपाल सरकारले नै गर्दै आएको छ। नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने तथा पुरानाको नवीकरण र अनुमतिपत्र वितरण भने यातायात व्यवस्था कार्यालयले नै गर्दै आएका छन्। 

सरकारले उपकरण खरीद गर्दासम्म विभागले आठ लाख अनुमतिपत्र छाप्नुपर्ने थियो। उपकरण दुई महिनासम्म पनि जडान गर्ने र तथ्याङ्क सार्नेलगायतका काम भएपछि पुसदेखि सञ्चालनमा आएको हो। पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकामा दुुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ। मास प्रिन्टरको क्षमता अरु प्रिन्टरभन्दा कैयौं गुणा बढी भएकाले आवको अन्त्यसम्म सकाउने विभागको लक्ष्य थियो। सामान्य प्रिन्टरले एक महिनामा तीन हजार छाप्ने भए पनि यो उपकरणको क्षमता दैनिक पाँच हजार छाप्ने रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्