काठमाडौं-सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै साेमबार चाँदीको मूल्यसमेत घटेको छ। सोमबारका लागि चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटी हो। आइतबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।