काठमाडौं-एनएमबी बैंक सँग गाभिएसँगै कञ्चन डेभलपमेन्ट बैंकसहितको एकीकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकले गत महिना विशेष साधारणसभामार्फत् मर्जरको प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले साउन २५ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएसँगै आजदेखि संयुक्त कारोबार गरेका हन्।
एनएमबीले १०० बराबर ८५ कित्ताको अनुपातमा प्राप्ति गरेको हो। सफल मर्जरपछि एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ७ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। कञ्चनको चुक्ता पुँजी ५८ करोड ८४ लाख रुपैयाँ थियो। मर्जपछि एनएमबीमा १८ वटा शाखा कार्यालय थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।