काठमाडौं- आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ।
शुक्रबार प्रतितोला ९८ हजार ८ सय रूपैयामा कारोबार भएको सुनको मूल्य आइतबारका लागि ९८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि पनि सोही मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतिलोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य १३ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।