• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाहिरिँदै साग खेलकुदको भ्रष्टाचार : खेलाडीको जुत्ता र र्‍याकेटमै अनियमितता

64x64
सराेज तामाङ शनिबार, भदौ ६, २०७७  १०:५६
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सकिएको नौ महिना बितिसकेको छ। सरकारको प्रमुख उपलब्धीमा परेको साग आयोजनामा लुकेका कतिपय बिषय विस्तारै बाहिर आउन थालेका छन्। त्यसमध्ये एक हो- खेल सामग्री खरिदमा भएको आर्थिक अनियमितता। 

सागमा ब्याडमिन्टन खेलाडीको जुत्ता खरिदका लागि मात्र २ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ। जब कि सागका बेला नयाँ जुत्ता नपाएका खेलाडीहरुले किनिएको भनिएको जुत्ता अहिलेसम्म पनि पाएका छैनन्। अनुदानमा आएको म्याटको बिल बनाएर रकम कुम्ल्याइएको छ। १७ हजार रुपैयाँको र्‍याकेट किनेको बिल बनाएर ६ हजारको र्‍याकेट भिडाइएको देखिन्छ। 

सागमा अनियमितता भएको र आर्थिक हिनामिना भएको आवाज पहिलेदेखि नै उठे पनि अहिले संघहरु त्यसबेलाको खेल सामग्री खरिदको हिनामिनाबारे बोल्न थालेका छन्। पछिल्लो समय नेपाल ब्याडमिन्टन संघका खेलाडीका लागि सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै आवाज उठ्न थालेको छ। यसको केन्द्रमा छन्, तत्कालै राजीनामा दिएका उपमहासचिव लवभक्त श्रेष्ठ।

साग सकिएको यत्तिका समयमा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक विबरण सार्वजनिक गर्न सकेको छैन। स्वागत र सम्मानमा तामझामका साथ ठूला कार्यक्रम सकाइसक्दा पनि सागको हिसाब किताब सार्वजनिक गर्न कोरोना माहामारीलाई कारण देखाउँदै राखेप पन्छिरहेको छ। राखेप स्रोत हिसाब किताब मिल्ने गरी देखाउन सकिने नै नभएकाले ढिलो भइरहेको बताउँछ। 

यहि चर्चा र चासोको विषयमा साग खेलकुदमा ब्याडमिन्टनका खेलाडीको खेल सामग्री खरिदमा भ्रष्टाचार भएको तथ्यहरु बाहिर आउन थालेको छ। यसमा तानिएका छन् साग खेलकुदको ‘खेल स्थल ब्यवस्थापन समिति’ का सचिव समेत रहेका लवभक्त श्रेष्ठ।

साग खेलकुदको समयमा विभिन्न शीर्षकमा ब्याडमिन्टन खेलाडीले पाउनु पर्ने सामग्रीमा उनीमार्फत आर्थिक अनियमितता भएको आरोप लागेको छ। खेलाडीको लागि सागमा जुत्ता, र्‍याकेट, म्याट लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार भएको ब्याडमिन्टन संघकै पदाधिकारीले बताइरहेका छन्।

सुवास श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्। अहिले उनी राखेपका बोर्ड सदस्य पनि छन्। उनले लामो समयदेखि ब्याडमिन्टन संघमा खेलाडीको लागि आएको सामग्रीमा भ्रष्टाचार भएको भन्दै आवाज उठाउँदै आएका थिए।

संघका पूर्वउपाध्यक्ष तथा राखेप बोर्ड सदस्य सुवास श्रेष्ठ भन्छन्, ‘म ब्याडमिन्टन संघको उपाध्यक्ष हुँदा पनि धेरै पटक कुरा उठाएँ। १३औं सागमा धेरै कुरामा भ्रष्टाचार भएको छ। दोषीलाई कारबाही हुनु पर्छ।’

Ncell 2
Ncell 2

जुत्ता र र्‍याकेटमा भ्रष्टाचार
साग खेलकुदमा खेलाडीको लागि जुत्ता, र्‍याकेट लगायतका शीर्षकमा भ्रष्टाचार गरेको देखिएको छ। २७ जना ब्याडमिन्टन खेलाडीको लागि राखेपबाट २७ जोर जुत्ताको लागि प्रतिजोर १० हजारको दरले बजेट निकाशा भएको देखिन्छ। तर साग खेलकुद सकिएको नौ महिनासम्म पनि खेलाडीले जुत्ता पाएका छैनन्। 

स्रोत भन्छ- ‘लवभक्तले खेलाडीको जुत्ताको लागि छुट्टाएको पैसा खाए। राखेपबाट प्रति जोर १० हजारको दरले जुत्ताको पैसा लगेका छन्। तर पटक पटक कुरा उठाउँदा ५ हजारको दरले पैसा राजु बास्तोलालाई पठाएछन्। ८ महिनासम्म खेलाडीलाई जुत्ता दिइएन।’

सुरुवाती समयदेखि नै भ्रष्टाचार भयो भनेर कुरा उठाउँदै आएका बोर्ड सदस्य सुवास श्रेष्ठ पनि १३औं सागमा खेलाडीको जुत्तामा छुट्टाएको पैसामा चलखेल भएको बताउँछन्। खेलाडीले अहिलेसम्म जुत्ता त पाएनन्। जुत्ताको पैसा पनि पाएका छैनन्।

अर्को अनियमितता हो, ब्याडमिन्टन र्‍याकेटमा। सरकारले २० जना ब्याडमिन्टन खेलाडीलाई र्‍याकेटको लागि बजेट निकाशा गरेको थियो। राखेपबाट प्रति र्‍याकेट १५ देखि १७ हजार रुपैयाँको दरले २० थानको बजेट छुट्याएको देखिन्छ। 

राखेपबाट तोकिएकै मूल्य बराबरको र्‍याकेट खेलाडीले पाउनु पर्ने हो। तर खेलाडीले ५ देखि ६ हजार रुपैयाँसम्मको कम गुणस्तरको र्‍याकेट पाएका छन्। ‘खेलाडीलाई ५ देखि ६ हजारको र्‍याकेट दिइएको छ। र्‍याकेट चाहिँ खेलाडीलाई दिइसकेको छ। २० थान र्‍याकेट। तर बच्चाले खेल्ने जस्तो छ’, स्रोतले भन्यो।

जुत्ता र र्‍याकेटमा मात्र होइन अनियमितता म्याटमा पनि भएको देखिन्छ। अनुदानको रुपमा आएको म्याट बिल बनाएर पेस गरी पैसा लिएको आरोप छ।

तर लवभक्त श्रेष्ठ भने एक पैसा भ्रष्टाचार नभएको दाबी गर्छन्। उनी भन्छन्- ‘ममाथि लगाइएको आरोप सबै झुटा हुन्। म टिम व्यवस्थापक पनि होइन। मैले जिम्मेवारी नै लिएको थिइनँ त कसरी गर्न सक्छु भ्रष्टाचार? छानविन समिति गठन भएको छ। धेरै बोली रहनु पर्दैन। जे गर्छ छानविन समितिले गर्छ।’

संघको उपमहासचिव पदमा रहेका ब्यक्तिमाथि आरोप लाग्दै यति धेरै चलखेल देखिँदासमेत संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव चाहिँ चुपचाप किन? त्यसबेला नै किन आवाज उठेन?

केही दिन अघि मात्रै राखेप बोर्ड सदस्य भएका संघका उपाध्यक्ष सुवास श्रेष्ठले खेलस्थल व्यवस्थापन समितिका सचिव लवभक्त श्रेष्ठ भएको कारण सबै हालीमुहाली उनकै हातमा भएको बताउँछन्। ‘लवभक्त चाहिँ सागको समितिमा थिए। त्यही भएर उनले आफ्नो दुनो सोझ्याउन खोजेका हुन्। १३औं सागको समितिमा हामी त केही थिएनौं।’

भ्रष्टाचारको आरोपपछि लवभक्त श्रेष्ठले केही दिनअघि उपमहासचिव पदबाट राजीनामा दिएका छन्। राजीनामा मात्रै होइन, उनले गल्ति भएको भन्दै माफीसमेत मागेका छन्।

१७ लाख काण्ड अख्तियारमा
लवभक्त श्रेष्ठ मोरङ जिल्ला ब्याडमिन्टन संघका सचिव हुन्। उनी विवादमा तानिएको यो पहिलो काण्ड भने होइन। 

झण्डै दुई वर्षअघि मोरङ जिल्ला ब्याडमिन्टन संघले जुनियर प्रतियोगिता आयोजना गर्न १७ लाख रुपैयाँ बजेट निकाशा गर्यो। तर त्यहाँ अनियमितता देखियो। लवभक्त श्रेष्ठ लगायतका पक्षबाट आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्ला संघकै पदाधिकारीले मुद्दा हाले। अख्तियारले मोरङ जिल्ला संघलाई पत्र नै काटेको छ। अहिले त्यसमा अनुसन्धान भइरहेको बताइन्छ। 

त्यसबाहेक पनिम खेलाडी छनोटमा पैसा खाएकोदेखि अमेरिका जाँदा संघबाट लिएको पैसा अझै चुक्ता गरिनसकेको आरोप छ।

सुवास श्रेष्ठ भन्छन्, ‘खेलाडी छनोटको पैसादेखि अमेरिका जाँदासम्म लवभक्त श्रेष्ठले पैसा खाएका छन्। अमेरिका जाँदा उनले २ लाख ५० हजार रुपैयाँ संघको पैसा लगे। मैले समाते। अझै पनि त्यो पुरै पैसा फिर्ता भएको छैन।’

छानविन समिति गठन
सबै विषय बाहिरिएपछि राखेपले साग खेलकुदको दौरान सामान खरिदमा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ। ब्याडमिन्टन खेलमा खेलाडीको लागि सामग्री खरिदमा भएको अनियमितताको विषयमा राखेप बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो।

छानविन समितिको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर बिक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्‍याल र लेखा अधिकृत पासाङ शेर्पा छन्।

समितिले २१ दिनभित्र छानबिन गरी सत्य तथ्यसहित प्रतिवेदन राखेपमा बुझाउनु पर्नेछ।

छानविन समितिले कार्यविधि बनाएर कामको बाँडफाड समेत गरिसकेको संयोजक गोविन्द भट्टराईले बताए। उनले भने, ‘पहिलो बैठकमा हामीले कार्यविधि बनाएर जिम्मेवारी बाँडफाड गरेका छौं। सत्य तथ्य के हो? हामी अनुसन्धान गर्छौं। आइतबारदेखि डकुमेन्टहरु मगाउँछौं। अध्ययन गर्छौं। अब भेटेर कुरा गर्ने, अनुसन्धान गर्ने त यो बन्द हटेपछि मात्रै हो।’

अहिले ब्याडमिन्टनको विषय मात्र बाहिरिएर त्यसमा सुरु भएको छानबिन अन्य उजुरीहरु परेमा सबै छानबिन हुने बताइएको छ। ब्याडमिन्टन खेलाडीहरुले आफूहरुले भनिएको खेल सामग्री नपाएको भनेर उजुरी दिएपछि बाहिरिएको भ्रष्टाचारको विषय अरु खेलाडीका लागि पनि आवाज उठाउने पहल कदमी भएको खेलाडीहरु बताउँछन्। 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्