• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भारतीयको डिजाइनमा नेपालमा ठगी आतंक : सालाभिनाजु जेलमा, योजनाकार भारतमै मस्त

64x64
नारायण अधिकारी शुक्रबार, भदौ ५, २०७७  १७:१०
1140x725

काठमाडौं- भारतीय नागरिकहरू रेहान, विक्की गुप्ता कलवार र मुरारी महतोले नेपालमा अनलाइनमार्फत् ठगी गर्ने योजना बनाए। यसका लागि उनीहरूले अनलाइनमार्फत् नै नेपालमा साथी पनि बनाए। 

पर्साको वीरगञ्ज–२९ का ३० वर्षीय कृष्णप्रसाद साह र वीरगञ्ज–३२ का २० वर्षीय सुनील साह भारतीय नागरिक रेहानसँग जोडिए। उनीहरु नाताले साला-भिनाजु हन्। कृष्ण भिनाजु हुन् भने सुनील साला। तिनै भारतीयको योजनामा नेपालमा ठगी धन्दाको आतंक मच्चाएका सालाभिनाजु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई असार ११ गते पक्राउ गरेको थियो। प्रहरीमा आएको जाहेरी अनुसार मात्रै यी सालाभिनाजुले नेपालमा १३ लाख ३९ हजार १ सय ४० रुपैयाँ ठगी गरिसकेको पाइएको छ।

उनीहरुलाई प्रयोग गरेर ठगी गर्ने तीन भारतीय नागरिक भने कारबाहीको दायरामा आएका छैनन्। भारतीयको योजनामा ठगी गरेको बयान उनीहरुले दिएका छन्। उनीहरुको ठगीको शैली भने नौलो किसिमको छ।

यसरी भएको थियो ठगी
अनलाइन सपिङका नाममा उनीहरुले ठगी गरेको पाइएको छ। यसका लागि फेसबुकलगायत सामाजिक सञ्जालमा उनीहरुले विभिन्न ब्राण्डका मोबाइललगायत सामानहरु सस्तो मूल्यमा दिने भन्दै फोटाहरु हाल्ने गरेका थिए। यो योजना उनै भारतीयको थियो। भारतीय नागरिकले भारतमै रहेर यो सब काम गरेका थिए।

यसरी सस्तो मूल्यमा सामान पाउने भएपछि नेपालमा रहेका विभिन्न व्यक्तिले सामान किन्न एडभान्स रकमसमेत दिएका थिए। उक्त रकम नै भारतीय नागरिकले यी दुई सालाभिनाजुको नाममा हाल्न लगाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको थियो। 

कृष्णप्रसाद र सुनीलले आफ्नो नाममा आएको रकम निकालेर ठगीका योजनाकार भारतीय नागरिकहरुलाई पठाउने गरेको पाइएको थियो। 

अनलाइनमार्फत् मोबाइल खरिद गर्ने भन्दै कञ्चन भण्डारीलाई जीवनकुमार यादवको नविल बैंकको खातामा ६५ हजार जम्मा गर्न लगाइ ठगी गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उता लक्ष्मी शर्मा गौतमलाई भने भारु १० लाख रुपैयाँ र १० तोला सुन पुरस्कार जितेको भन्दै भाइबर र ह्वाट्सएप म्यासेज पठाएका थिए। पुरस्कार लिनका लागि करवापतको ६० हजार रुपैयाँ चाहिने भन्दै मनमोहन कुमारको नाममा आइएमइ गर्न लगाएर ६० हजार रुपैयाँ ठगी गरेका थिए।

यस्तै, जेनिस मानन्धरको मोबाइलमा भने मोबाइल किन्नका लागि सम्पर्क गर्नु भनेर भारतीय एक नम्बरबाट म्यासेज आएको थियो। त्यसपछि उनले उक्त नम्बरमा सम्पर्क समेत गरेका थिए। मानन्धरलाई ७५ हजार रुपैयाँ पर्ने मोबाइल ४० हजार रुपैयाँका दरले उपलब्ध गराइदिने र होल डेलिभरीसमेत गराई दिने विश्वास दिलाइयो। 

त्यसवापत एड्भान्स भन्दै उनीसँग १ लाख ६० हजार रुपैयाँ लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको थियो।

‘एक लाख ६० हजारसम्म पर्ने आइफोन अब ६० हजारमा घरमै उपलब्ध’ फेसबुकमा साजन बनमालाले विज्ञापन देखे। एउटा आइफोनमै १ लाख रुपैयाँसम्म फाइदा हुने देखेपछि बनमालाले ७ लाख ८४ हजार हजार १ सय ४० रुपैयाँ एड्भान्सस्वरुप जम्मा गरिदिए। त्यसपछि भने सस्तोमा मोबाइल उपलब्ध गराइदिन्छु भन्ने भारतीय सम्पर्कविहीन भएका थिए।

जाहेरवाला प्रमिसा घिमिरेबाट १५ हजार, रोमन भट्टराईबाट ३० हजार, उज्ज्वल श्रेष्ठबाट २५ हजारलगायत गरी १३ लाख रुपैयाँभन्दा ठगी गरेका थिए।

सालाभेनाको बयान– भारतीयको पछि लाग्दा डुबियो
कृष्णको साथबाट प्रहरीले विभिन्न नम्बरका सिमकार्डहरू र विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड, नगद  ७४ हजार ८ सय ७० रेमिटेन्स भौचर १ थान, चाँदीको जस्तो सिक्री १ थान बरामद गरेको थियो। 

कृष्णप्रसाद साहले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जाहेरवालाहरू कसैसँग पनि आफ्नो चिनजान नभएको बताएका छन्। भारतीय नागरिकहरू रेहान, विक्की गुप्ता कलवार र मुरारी महतो तथा नेपाली नागरिकहरू अनमोल राय र रविराज गुप्ता आफ्ना साथीहरू भएको उनको बयान थियो। 

‘उनीहरुले अनलाइनमार्फत् विभिन्न व्यक्तिहरूलाई मोबाइल खरीद–बिक्री गर्ने र चिट्ठा जितेको झुट्टा कुरा गरी मोबाइलको मूल्य रकम र चिट्ठाको पुरस्कार लिन लाग्ने शूल्क विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाउने र रकम लिने योजना बनाए। बैंक खातामा जम्मा भएको रकमबाट हिस्सा दिने गरी रकम भुक्तानी लिने जिम्मा मलाई दिएका थिए,’ कृष्णप्रसादले बयानमा भनेका छन्।  

सोहीबमोजिम आफूले सुनीललाई साथमा लिई पर्सा, बारास्थित विभिन्न बैंकको एटिएम बुथबाट विभिन्न बैंकको भिसा कार्डमार्फत् भुक्तानी लिने गरेको उनले बताएका छन्। 

कृष्णप्रसादले बयानमा अगाडि भनेका छन्, ‘भुक्तानी लिन प्रयोग भएको भिसा कार्ड रविराज गुप्ता र अनमोल रायले दिएका हुन्। मैले पटक–पटक विभिन्न व्यक्तिहरूको नामबाट आएको अन्दाजी ४ लाख जति भुक्तानी लिएँ होला। उक्त रकम रविराज गुप्ता र अनमोल रायलाई दिनुपथ्र्यो। निजहरूले प्रत्येक पटक भुक्तानी लिएको रकमबाट मलाई ३ देखि ५ हजार दिन्थे। भारतीयको पछि लाग्दा आज यस्तो हालत भयो।’

रविराज गुप्ताले अह्राए बमोजिम २/३ पटक पैसा निकालेर उसलाई दिएको र रविराजले आफूलाई मोबाइल र सिम पनि राख्न दिएको कृष्णप्रसादले बताएका छन्।

अर्का प्रतिवादी सुनीलसाह कानूले पनि जाहेरवालाहरु कसैलाई पनि नचिन्ने बताएका छन्। ‘प्रतिवादी कृष्णप्रसाद साह मेरो भिनाजु हुन्। उनले मलाई कहिलेकाहीँ बोलाई बाराको सिमरा तथा जितपुर शाखाका विभिन्न बैंहरूबाट रकम निकाल्ने गरेका थिए, को–कसको बैंक खाताबाट के कारोबारको रकम भुक्तानी लिएका हुन् मलाई जानकारी छैन,’ उनले बयानमा भनेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्