• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किन भइरहेछ अतिवृष्टि?

64x64
मणि रत्न शाक्य बिहीबार, भदौ ४, २०७७  १६:३३
1140x725

नेपालमा मनसुन सुरु भएको दुई महिना बितिसकेको छ। औसत मितिभन्दा दुर्ई दिन ढिला गरी जुन १२ अर्थात जेठ ३० मा नेपालको पूर्वी भेग प्रवेश गरेको मनसुन सुरुमा कमजोर अवस्थामा रहे पनि केही दिनपछि नै सक्रिय भई देशमा निरन्तर रुपमा भारी वर्षा हुन थालेको थियो। यसरी मनसुनकालको प्रारम्भदेखि नै देशको विभिन्न स्थानमा बाढी, पहिरोले थुप्रै जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट प्राप्त पछिल्लो विवरण अनुसार विगत दुई महिनामा ६० भन्दा बढी जिल्ला प्रभावित भएको छ भने बाढी, पहिरो तथा चट्यांगको कारण २३१ जनाको ज्यान जानुको साथै ७७ जना बेपत्ता भएका छन्। साथै २०८ जना घाइते भएका छन्।

सामान्यतया मनसुनकालको उत्तरार्द्धतिर अर्थात् अगस्टतिर नेपालमा अविरल वर्षापश्चात विभिन्न किसिमको प्राकृतिक प्रकोप देखापर्ने गर्थ्यो। तर चालु मनसुनकालको सुरु देखि नै देखा परेको अतिवृष्टिले मनसुनको अनौठो चारित्रिक स्वभावलाई प्रस्तुत गरेको छ।

यसै सन्दर्भमा वर्षाको स्वरुपलाई दृष्टिगत गर्दा नेपालमा यस वर्षको वर्षा विगतका वर्षभन्दा केही फरक भएको पाइएको छ। वर्षाको आँकडा अनुसार नेपालमा गएको हिउँद यामदेखि चालु मनसुनकालसम्म निरन्तर रुपमा वर्षा भइरहेको पाइएको छ। गएको हिउँदमा नेपालमा सक्रिय पश्चिम वायुको प्रभावको कारण देशभर केही दिनको अन्तरालमा वर्षा भइरहेको थियो भने वर्षा पनि औसतभन्दा बढी मात्रामा भएको थियो। त्यस्तै हिमपात पनि प्रशस्त मात्रामा भएको थियो। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त वर्षाको आँकडा अनुसार गएको डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिनामा नेपालमा २३० प्रतिशत अर्थात् औसतको दोब्बरभन्दा बढी वर्षा भएको छ। जुन सामान्य मान्न सकिँदैन।

त्यसपछि मनसुन पूर्वाद्धको समयमा पनि वर्षा निरन्तर रुपमा भइरह्यो। आँकडा अनुसार गएको मार्चदेखि मेसम्म नेपालमा झण्डै १३० प्रतिशत वर्षा भएको छ। यसरी लगातार अत्यधिक मात्रामा वर्षा हुनाले मनसुन सुरु हुनुभन्दा पहिलै पहाडी सतह गलेर सन्तृप्त भएको देखिन्छ। जसले गर्दा मनसुन सुरु हुनु पहिल्यै देशको केही स्थानमा भूस्खलन भई पहिरो गएको समाचार सुन्नमा आएको थियो।
 
पुनश्च मनसुन आगमनपश्चात पनि देशमा वर्षा निरन्तर रुपमा औसतभन्दा बढी भइरहयो। यसले गर्दा पहाडले भरिएको देश नेपालको विभिन्न स्थानमा पहिरो निम्तिन पुग्यो भने तरार्ईको समथर मैदान बाढी र डुबानमा परी जनजीवन आक्रान्त बन्यो। तरार्ईमा मात्र नभई राजधानीको विभिन्न स्थान समेत जलमग्न भई बाढीको प्रकोप देखापरेको छ।

यस वर्ष यस्तो मौसमी गतिविधि देखापर्नु अस्वाभाविक नभए पनि यो लामो समयको अन्तरालपछि देखापरेको मौसमी गतिविधिको रुपमा लिन सकिन्छ। र यसको पछाडि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्राकृतिक प्रक्रिया भएको बैज्ञानिक अध्ययनको ठहर छ। अध्ययन अनुसार गएको हिउँदयामदेखि चालु मनसुनकालसम्म वर्षा सक्रिय हुनुको पछाडि मुख्यतया दुई वटा प्राकृतिक प्रक्रिया रहेको छ। एउटा उत्तरी गोलार्द्धको उत्तरी भेकतिर ‘पोलार भोर्टेक्स’को उत्पत्ति हुनु हो भने अर्को भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेकको सतहको पानीको तापमान औसतकै हाराहारी पुग्नु वा सोभन्दा तल झर्नु हो।

nimb
nimb
Ncell 2
Ncell 2

गएको हिउँदयाममा उत्तरी गोलार्द्धको उत्तरी भेग, जहाँ हिउँले भरिएको छ, त्यहाँ एक किसिमको चीसो हावाको भुमरी, जसलाई ‘पोलार भोर्टेक्स’ भनिन्छ, देखा परेको थियो। यसको उत्पत्ति हुनेबेला दक्षिण एसियामा चल्ने पश्चिमी वायु प्रभावित हुने गर्छ। सामान्यतया ‘पोलार भोर्टेक्स’ देखापर्ने बेला उत्तरी गोलार्द्धको उत्तरी भेगबाट चीसो वायु दक्षिणतिर धकेलिन्दै तेजले बहने हुँदा यसले पश्चिम वायुलाई सक्रिय बनाई युरोप लगायत दक्षिण एसियाको विभिन्न स्थानमा जाडो मौसमी गतिविधि भित्र्याउने र वर्षा तथा हिमपात गराउने गर्छ। यही मौसमी गतिविधि देखा परेको कारण गएको हिउँदमा नेपाल लगायत दक्षिण एसियामा हिउँदे वर्षा औसतभन्दा बढी हुन पुग्यो भने प्रशस्त मात्रामा हिमपात पनि भयो। हिउँद यामको अन्त्यसम्म पनि देखा परेको यो मौसमी प्रक्रियाको प्रभावको कारण नेपालमा चालु मनसुनको पूर्वाद्धमा पनि चीसो मौसमी गतिविधिको साथै वर्षा र उच्च पहाडी भेगमा हिमपात महसुस भएको थियो।

त्यस्तै चालु मनसुनकालमा भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेकको सतहको पानी औसत तापमानभन्दा तल गई चिसिन थालेकोले मनसुनमा बदलाव आएको वैज्ञानिकहरुको ठहर छ। वैज्ञानिक अध्ययन अनुसार भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानभन्दा माथि वा तल हुनु स्वाभाविक प्रक्रिया भए पनि यसले दक्षिण एसियामा चल्ने मनसुनलाई प्रभाव पार्ने गर्छ। यस्तो अवस्थामा प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानभन्दा बढी तात्ने बेला दक्षिण एसियाको विभिन्न स्थानमा मनसुन कमजोर भई मौसम सुख्खा हुने गर्छ। यस्तो मौसमी प्रक्रियालाई ‘इलनिनो’ भनिन्छ। त्यस्तै, औसत तापमानभन्दा कम भई पानी चिसिने बेला मनसुन सक्रिय भई बर्षा वृद्धि हुने गर्छ। यस्तो प्रक्रियालाई ‘लानिना’ भनिन्छ।

चालु मनसुनकालमा भू-मध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी भेगको सतहको पानी औसत तापमानकै हाराहारी वा सोभन्दा केही तल झरेकोले नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा बर्षामा बृद्धि भएको अध्ययनले देखाएको छ। र यसरी तापमान औसतभन्दा तल झर्ने प्रक्रिया आउँदो हिउँदसम्म देखिने सम्भावना ५० देखि ५५ प्रतिशत रहेको अमेरिका स्थित नेशनल ओसनिक एण्ड एट्मसफेरिक एडमिनिष्ट्रेसनले जनाएको छ। जसले गर्दा चालु मनसुनको अन्त्यपश्चात आउँदो हिउँदमा पनि वर्षाको सम्भावना रहेको अनुमान गर्न सकिन्छ।

यसै सन्दर्भमा दक्षिण एसियाको लागि हावापानी अध्ययन गर्ने संस्था साउथ एसियन क्लाइमेट आउटलुक फोरमले चालु मनसुनकालमा दक्षिण एसियाको धेरैजसो स्थानमा वर्षा औसतकै हाराहारी वा सोभन्दा बढी हुन सक्ने पूर्वानमान गरेको थियो। र नेपालमा पनि वर्षा औसतकै हाराहारी हुने पूर्वानमान गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मणि रत्न शाक्य
शाक्य जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक हुन्।
लेखकबाट थप
किन भइरहेछ अतिवृष्टि?
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्