काठमाडौं-निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकाका सबै सहकारी संस्था बन्द गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघहरुले निर्णय गरेका छन। अत्यावस्यक अवस्थाका लागि सम्पर्क व्यक्ति तोकि सेवा दिनेबाहेक अन्य सबै काम रोक्ने निर्णय भएको हो।
तीनवटै जिल्ला संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ र कृषि सहकारी संघले संयुक्त विज्ञप्ति निकाल्दै कोभिड- १९ महामारी संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासनबाट लागू भएको निषेधाज्ञा अवधिभर सहकारी कार्यालय नखोल्न र सेवा बन्द गर्न भनिएको हो।
‘काठमाडौं उपत्यकाभर निषेधाज्ञा जारी गरिएको हुँदा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने र सदस्यलाई नियमित सेवा उपलब्ध गराउँदै आएका सहकारी संस्था सदस्यहरु, समिति, उपसमिति र कर्मचारीसमेत जोखिममा परेकाले संक्रमणबाट बँच्नका लागि प्रशासनद्वारा अर्को सूचना जारी नभएसम्म हाललाई जारी गरिएको निषेधाज्ञा अवधिभर सबै सहकारी संस्था बन्द राख्ने’ निर्णय भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।