काठमाडाैं-सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ।
सरकारले बुधबारदेखि निषाेधाज्ञा जारी गरेको पहिले दिन नै सुनको मूल्यमा गिरावट आएको हो।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि भने ९८ हजार ८ सय रुपैयाँ तय भएको छ।
यसैगरी,चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँ तय भएको छ। मंगलबार चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।