• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रेमले निम्त्याएको बर्बर हत्या

मोबाइल पसल हिँडेका गुणराजलाई बोरामा प्याक गरेर खोलामा फ्याँकियो

64x64
नारायण अधिकारी बुधबार, भदौ ३, २०७७  १५:१९
1140x725

काठमाडौं– साउन २९ गते दिउँसो २ बजे। ‘मोबाइल पसलमा काम छ, एकैछिन पुगेर आइहाल्छु है,’ बाबु कालीचरण यादवसँग छोरा गुणराजले भने। बाबुलाई त्यति कुरा सुनाएर तत्कालै गुणराज घरबाट बाहिरिए। 

सुनसरीको भोक्राहा गाउँपालिका–७ का २२ वर्षीय गुणराजको घरबाट नजिकै मोबाइल पसल छ। ‘केही काम पर्‍यो होला। पुगेर आइहाल्छ’ बाबु कालीचरणले योभन्दा बढी केही सोचेनन्।

तर छोरोका पर्खाइमा बसेका कालीचरणका आँखा टट्याए। रात छिप्पिँदा समेत गुणराज घर फर्किएनन्। मोबाइलमा पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 

छोराको पर्खाइमै कालीचरणका दुई दिनरात बिते। शुभ समाचारको पखाईमा बसेका कालिचरणको कानले छोरो हराएको तेस्रो दिन अर्थात् साउन ३१ गते जे सुन्न नपरोस् भनेको त्यही सुन्नु पर्‍यो। हात खुट्टा बाँधेर बोरामा प्याक गरेर खोलामा फ्याँकिएको अवस्थामा गुणराजको शव फेला पर्‍यो। 

000

त्यसदिन गुणराज मोबाइल पसलमा काम छ भनेर साथी शिवकुमार मेहतासँग सुनसरी सदरमुकाम इनरुवा बजार गएका थिए। बजार गएका उनीहरुले साँझ ७ बजेसम्म पारिजाति स्कुल नजिक बसेर रक्सी पिए। रक्सीले टिल्ल भएका गुणराजलाई अर्का साथी इन्द्रजित यादवको घरमा पुर्‍याएर शिवकुमार आफ्नो घरतर्फ निस्किए।

गुणराज पनि धेरैबेर इन्द्रजितको घरमा बसेनन्। केही समय इन्द्रजितको घरमा बसेपछि आफ्नै घर जाने भन्दै गुणराज बाहिरिए। तर घर उनी घर पुगेका थिएनन्। गुणराज हराएको सूचना जिल्ला प्रहरी कार्यालय सुनसरीसम्म पुगेको थियो।

‘मान्छे हराएको भन्दै जानकारी आएपछि सुरुदेखि नै हामीले सिरियस्ली हेरेका थियौं। इन्द्रजितको घर नजिक बारीमा रगत भेटिएपछि अनुसन्धान साँघुरिँदै गयो,’ सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले नेपाल लाइभसँग भने।

nimb
nimb
Ncell 2
Ncell 2

गुणराज हराएको भोलिपल्ट ३० गते स्थानीय मानिसले धानबारीमा रगत देखेको भन्दै प्रहरीमा खबर गरेका थिए। त्यसपछि डिएसपीको कमाण्डमा रगत देखिएको भनिएको ठाउँमा गएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

इन्द्रजितको घरदेखि करिब ३ सय मिटर पर घन्सी बारीमा लुकेर बसेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–७ का ४२ वर्षीय दिनेश महतो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिव कुमार मेहता, १९ वर्षीय दीपक कुमार यादव र १९ वर्षीय प्रदीप रामलाई प्रहरीले पक्राउ गर्‍यो। अनुसन्धानपछि गुणराजको हत्यामा उनीहरु पाँचै जनाको संलग्न रहेको पाइएको एसपी थापाले बताए।

उनीहरुकै बयानका आधारमा गत साउन ३१ गते सोही गाउँपालिकास्थित सुनसरी खोलामा प्लास्टिकको बोराभित्र करिब ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर खोलामा फालेको अवस्थामा गुणराजको शव फेला पर्‍यो। 

हत्याको कारण भने युवतीसँगको प्रेम सम्बन्ध रहेको पाइएको एसपी थापाले जानकारी दिए। केटीको विषयमा उनीहरुबीच पटकपटक विवाद हुने गरेको, झगडा हुने र अन्तमा हत्यासम्मको योजना बनाएर गुणराजको हत्या गरेको देखिएको एसपी थापाले बताए।

उनीहरुले सुरुमा गुणराजको संवेदनशील अंग तथा टाउकोमा पालैपाले लात्ताले हाने। दिनेश मेहताले नजिकै रहेको गोरुगाडाको बाँस ल्याएर गुणराजको टाउकामा हिर्काए। उता शिवकुमारले भने नजिकै रहेको पानी तान्ने पम्पसेटको डोरी ल्याएको पेटमा बाँधेको प्रहरीसमक्ष बयान दिएका छन्।

प्रदीप, पप्पु र दीपक गरी तीन जना मिलेर हातखुट्टा बाँधी गुणराजको बिभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्यापछि शव व्यवस्थापनका लागि दिनेशले आफ्नो घरबाट बोरा ल्याएका थिए। दिनेश ल्याएको 'बाबा चोकर'को बोरामा गुणराजको शव हालियो। त्यसपछि सबै जनाले शवलाई काँधमा पालैपाले बोकी घन्सीबारी र धानबारी हुँदै सुनसरी खोला किनारसम्म पुर्‍याएका थिए।

शवलाई यत्तिकै फाल्दा खोलामा तैरिने भन्दै उनीहरुले बोराभित्र करिब ५० किलोको ढुंगा समेत राखेर प्याक गरी फ्याँकेका थिए। खोला छेउको कल्भर्टमा प्रयोग भएको चेप्टो ठूलो ढुंगा शवसँगै उक्त बोराभित्र हालेर प्याक गरी मुखसमेत सिलाई खोलामा फालिएको अवस्थामा गुणराजको शव फेला परेको थियो।

घटनास्थलबाट प्लास्टिकको डोरी, चप्पल, पप्पुको हातमा लगाउने माला, प्रदीपको घाँटीमा लगाउने मालाका दानाहरु, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लास्टिकको डोरी, मृतकको झोला लगायतका सामान बरामद भएको छ। 

पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा सोमबार, चैत ३०, २०८२
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न सोमबार, चैत ३०, २०८२
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्