• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बायर्न म्युनिकको दबाब थेग्न सक्ला लियोनले? 

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०७७  १४:१४
1140x725

काठमाडौं- च्याम्पियन्स लिग दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे जर्मन क्लब बायर्न म्युनिक र फ्रेन्च क्लब लियोन खेल्दैछन्। विजेताले आइतबार राति हुने फाइनल खेलमा फ्रेन्च क्लब पिएसजीको सामना गर्नेछ। 

बायर्न म्युनिक र लियोनको युरोपियन प्रतिस्पर्धामा यो नवौँ भेट हो। यसअघिका आठ खेलमा बायर्न म्युनिकले चार खेल जितेको छ। दुई खेल बराबरी भएको छ भने लियोनले दुई खेल जितेको छ। 

पछिल्लो पटक २०१० को च्याम्पियन्स लिग सेमिफाइनलमा यी दुई टिमको भेट हुँदा बायर्नले ४-० ले जितेको थियो। त्यसबेला दुई लेगको खेल भए पनि अहिले पनि नकआउट रुपमा एक लेगको मात्र खेल रहेको छ। 

च्याम्पियन्स लिग सेमिफाइनलमा बायर्न म्युनिकको यो १२ औँ पटक हो। २०१२-१३ मा उपाधि जितेपछि बायर्न सेमिफाइनलबाट अगाडि बढ्न सकेको छैन। अहिले च्याम्पियन्स लिगमा ९ खेलमा अपराजित रहेको बायर्न म्युनिकले रियल मड्रिडले २०१५ मा बनाएको अपराजित १० खेलको कीर्तिमान तोड्ने अवसर पनि छ। २०१३ मा बायर्न पनि १० खेलको अपराजित यात्रा गर्न सफल भएको थियो। 

क्वाटरफाइनलमा बार्सिलोनालाई ८ गोल हानेर बलियो देखिएको बायर्न प्रतियोगिताको प्रमुख दाबेदार मानिए पनि युभेन्टस र म्यानचेस्टर सिटीलाई हराएर आएको लियोनलाई कमजोर आँक्न मिल्ने ठाउँ छैन। 

पाँच पटक च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक पाँचै पटक फाइनलमा पुगेर पराजित भएको टिम हो। यो सिजनमा गोलमा राम्ररी बढेको बायर्नलाई कसैले रोक्न सक्ला र जस्तो देखिएको छ। यो सिजन सबै खेल जितेको बायर्नका लागि अब एक नकआउट खेलमा जे पनि हुन सक्छ भनिने अनुमानबाहेक अरु हिसाबले बलियो देखिन्छ।

यो सिजन समूह चरणबाट नै कठिन अवस्थामा बढेको लियोनका लागि युभेन्टस र म्यानचेस्टर सिटीलाई पछि पार्न सक्नु राम्रो उपलब्धी हो। अन्तिम १६ को खेलमा युभेन्टसलाई पहिलो लेगमा १-० ले हराएको लियोन दोस्रो लेगमा २-१ ले पराजित भएको थियो। दोस्रो लेगको अवे गोलका कारण सफलता मिल्यो। क्वाटरफाइनलमा लियोनले सिटीलाई ३-१ ले हराएको थियो। रोचक रुपमा अघि बढिरहेको लायोनमा ३-५-२ को फर्मेसन सफल भइरहेको देखिन्छ।

बार्सिलोनालाई हराउनुअघि युइएफए वरियताको चौथो स्थानमा रहेको बायर्न अहिले वरियताको दोस्रो स्थानमा रहेको छ। 

Ncell 2
Ncell 2

बायर्न म्युनिक 
युइएफएमा स्थान- दोस्रो

यो सिजनको अवस्था- खेल ९, जित ९, गरेको गोल ३९, खाएको गोल ८

अन्तिम १६ को खेलमा- चेल्सीलाई ७-१ ले हराएको

क्वाटरफाइनलमा- बार्सिलोनालाई ८-२ ले हराएको

धेरै गोल गर्ने- रोबर्ट लेवान्डोस्की, १४ गोल

गएको सिजन- क्वाटरफाइनलबाट बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लोपटक २०१३ मा जितेको)

लियोन
युइएफएमा स्थान- १७औँ

यो सिजनको अवस्था- खेल ९, जित ४, बराबरी २, हार ३, गरेको गोल १४, खाएको गोल ११

अन्तिम १६ को खेलमा- युभेन्टससँग २-२ को बराबरी, अवे गोलका आधारमा अघि

क्वाटरफाइनलमा- म्यानचेस्टर सिटीलाई ३-१ ले हराएको

धेरै गोल गर्ने- मेम्फिस डिपाइ, ६ गोल 

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (२००९-१० को सिजन र अहिले)

के भन्छन् प्रशिक्षक? 

रुडी ग्रासिया, लियोन
खाइरहँदा पनि कतिपय बेला भोक लाग्छ। हामीलाई अहिले भने जितको भोक छ। फाइनलमा पुग्नका लागि राम्रो खेल्न हामी तयार छौँ। त्यसमा बायर्नको खेल कस्तो हुन्छ भन्नेमा पनि भर पर्छ तर हामी हाम्रो राम्रो कुराहरु प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। बायर्नको कमजोरी देखिँदैन तर कोहि पनि पूर्ण हुँदैनन्। हामीलाई हामीमा विश्वास छ। बलमा नियन्त्रण बनाएर आफ्नै प्रकारको खेल खेल्न सक्यौँ भने पक्कै पनि राम्रो हुनेछ। 

हान्स डिएटर फ्लिक, बायर्न म्युनिक
म मेरो टिमबाट विश्वस्त छु। हामीमा राम्रो लय देखिएको छ। अभ्यासका क्रममा पनि तीब्रता र खेलशैली दुवै राम्रो छ। म आरामले तनावबिना बसिरहेको छु, किनभने टिमले के गर्न सक्छ भन्ने मलाई थाहा छ। तर पनि यो एक खेल हो जो शून्यबाट सुरु भएर ९० मिनेटमा सकिनेछ। हामी बार्सिलोना विरुद्धको खेलमा जस्तै गर्ने प्रयासमा हुनेछौँ। 

सम्भावित सुरुवाती ११

लियोन- लोपेस, डिनाएर, मार्सेलो, मार्कल, डुबोइस, काकुरेट, ग्युमारेस, ओउर, कोर्नेट, डिपेइ र डेम्बेले। 

बायर्न म्युनिक- निवर, किमिच, बोएटेङ, अलाबा, डेभिएस, गोर्तेज्का, थियागो, पेरेसिक, मुलर, ग्यानबेरी र लेवान्डोस्कि। 
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने बिहीबार, फागुन १४, २०८२
मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने बिहीबार, फागुन १४, २०८२
कांग्रेसले काठमाडौंं उपत्यकाका उम्मेदवारहरूको भिजन १० सार्वजनिक गर्दै बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्