काठमाडौं– संघीय संसद्का पदाधिकारी तथा सांसदले लगाउने लोगोको बनावटप्रति व्यापक विरोध भएपछि त्यसलाई फिर्ता गर्ने निर्णय संसद् सचिवालयले गरेको छ। सांसद्लाई बाँडिसकिएको उक्त लोगो व्याकरणीय त्रुटिका साथै भद्दा देखिएको आम प्रतिक्रिया थियो।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उक्त प्रतीक चिह्नका विषयमा विभिन्न प्रतिक्रिया आएपछि संसद् सचिवायले मंगलबार फिर्ता पठाउने निर्णय गरेको हो। घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट निर्माण गरिएका उक्त लोगोहरुको संरचनागत र साजसज्जामा त्रुटि देखिएकाले सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको सचिवालयले जनाएको छ।
सचिवालयले संघीय संसदका पदाधिकारी र सांसद्ले लगाउन ३ सय ५० थान प्रतीक चिह्न बनाइएको थियो। उक्त प्रतीक चिह्नका लागि २० लाखभन्दा बढी खर्च गरेको थियो।
प्रतीक चिह्नका परिकल्पनाकार टेकवीर मुखियाले आफूले बनाएर दिएको चित्रभन्दा फरक र भद्दा बनाइएको भन्दै असन्तुष्टि जाहेर गरेका थिए भने पारिश्रमिक फिर्ता पठाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।