काठमाडौं-लामो समयदेखि रिक्त रहेको नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि आवेदन माग गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै योग्य व्यक्तिहरुलाई २१ दिनभित्र आवेदन दिन भनेको हो।
खुला प्रतिस्पधाबाट नियुक्त गरिने महाप्रबन्धक पदका लागि चिकित्साशास्त्र, जनस्वास्थ्य, फार्मेसी, इन्जिनियरिङ, सार्वजनिक प्रशासन, व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर योग्यता माग गरिएको छ।
कार्य अनुभवका रुपमा सरकारको पूर्ण वा आंशिक लगानी भएको सार्वजनिक संस्थान, कुनै विश्वविद्यालयमा उपसचिवस्तरको पदमा रहि काम गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै संयुक्त राष्ट्रसंघीय नियोगहरुमा काम गरेको वा औषधि उत्पादन गर्ने उद्योगमा कम्तिमा विभागीय प्रमुख भई काम गरिसकेका व्यक्ति पनि महाप्रबन्धक पदका लागि योग्य हुनेछन। उमेर हद ३५ देखि ६५ वर्ष तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।