काठमाडौं- अनलाइन बजार, दराज र डिजिटल भुक्तानी टेक्नोलोजी, भिसाबीच सहकार्य भएको छ। दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्ना ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ।
यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्ना ग्राहकहरुलाई असोज १४सम्म भिसा कार्ड प्रिपेन्टमा १५% छुट दिइरहेका छन्। दराजमा ५,००० भन्दा बढी बिक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४ लाख ५० हजारभन्दा बढी उत्पादनहरू रहेका छन्।
ग्राहकहरुले यीमध्ये कुनै पनि छनौट गरी, आफूले दराजमा सेभ गरी राखेको भिसा कार्डमार्फत् पूर्वभुक्तानी गरे ५ रूपैयाँसम्मको अधिकतम छुट पाउनेछन्। यो अफर एकपटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरुमा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।