काठमाडौं- सरकारले राजस्व बोर्डको अध्यक्षमा महेश दाहाललाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट यो निर्णय भएको हो।
केही समयअघि सचिवबाट अवकाश लिएका दाहाललाई यो जिम्मेवारी दिइएको हो।
यसैगरी बोर्डको सदस्यमा पूर्वसहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको छ। अधिकारीले अर्थ मन्त्रालयको सहसचिवबाट केही समयअघि अवकाश प्राप्त गरेका थिए। उनी अहिले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष छन्।
राजस्व बोर्ड गठनका लागि प्रस्ताव आव्हान गरिएकोमा अध्यक्षका लागि दाहालले मात्रै आवेदन दिएका थिए। सदस्यमा अधिकारीको मात्रै आवेदन परेको थियो।
बोर्डमा दुई सदस्य हुनेमा एक जनाको पद रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।