काठमाडौं- एनआइसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रूपैयाँ सहयोग गरेको छ। बैंकले यसअघि पनि देशका सातै प्रदेश सरकारलाई १५/१५ लाखका दरले कूल १ करोड ५ लाख रकम प्रदान गरिसकेको बताएको छ।
साथै बैंकले कोरोना महामारीको समयमा देशका विभिन्न क्षेत्रमा ज्याला, मजदुरी गर्ने श्रमिकहरूलाई विभिन्न स्थानीय सरकारको समन्वयमा करीब ४८ लाख बराबरको खाद्यान्न, लत्ताकपडाहरू समेत सहयोग गरेको उल्लेख गरेको छ।
यस बैंकले मुलुकभर ३२६ शाखा, ४६६ एटिएम. १०२ एक्स्टेन्सन काउन्टर र ६४ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।