काठमाडौं–सुनको भाउ फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो।
त्यसयता लगातार घट्ने क्रममा साउन २८ गते ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। तर साउन २९ गतेखि पुनः सुनको भाउ उकालो लाग्न थालेको छ। कोरोना भाइरसले विश्वव्यापी रुपमा असर पु¥याएसँग सुनको भाउ बढिरहेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔन्स १९९४ डलरमा कारोबार भैरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।