काठमाडौं- कोरोना भाइरको संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरूले दिने सबै सेवा बन्द गरेका छन्। कार्यालयहरूले सूचना जारी गर्दै आज (भदौ २)देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन्।
असार १ देखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेका थिए। उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो।
मन्त्रिपरिषद्को साउन २६ को बैठकको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कार्यालयहरूले जनाएका छन्। उपत्यकामा लाइसेन्सका ४ वटा, मोटरसाइकल, साना/ठूला सवारी कार्यालय र २ वटा सेवा कार्यालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।