काठमाडौं- युुरोपा लिग फुटबलको सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनको क्लब शख्तर डोनेस्कलाई ५–० ले हराएको छ। पहिलो हाफमा १ गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा ४ गोल थपेको हो।
खेलको १९औँ मिनेटमा मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो। त्यसपछि ६४औँ मिनेटमा एमब्रोसियोले गोल गरे। ७४औँ मिनेटमा मार्टिनेजकै गोलमा तीन गोलले अघि भएको इन्टरका लागि ७८औँ र ८३औँ मिनेटमा लुकाकुले गोल गरे।
२०११ देखि उपाधिविहीन रहेको इन्टर यो सिजन सिरि ए मा एक अंकले पछि रह्यो। अहिले युरोपा लिगको उपाधि नजिक पुगेको इन्टरले अब शुक्रबार राति फाइनलमा स्पेनिस क्लब सेभियासँग खेल्नेछ। सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएर फाइनलमा स्थान बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।