काठमाडौं- काठमाडौंको जोरपाटीमा आन्तरिक राजस्व कार्यालय खुलेको छ। सोमबारबाट कर कार्यालय सञ्चालनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ।
नयाँ स्थापना भएको कर कार्यालयको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ६ सम्म तोकिएको छ।
साविकमा यो क्षेत्र आन्तरिक राजस्व कार्यालय चाबहिलले हेर्ने गरेको थियो। सरकारले कर कार्यालय विस्तार गर्दै नयाँ क्षेत्र तोकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।