बैतडी- बैतडीमा ह्युम पाइपका लागि बनाइएको खाल्डोमा परेर २ जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौका १४ वर्षीय अंकित लावड र ११ वर्षीय सन्दिप लावड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
देहिमाण्डौदेखि नागार्जुन जाने सडकखण्डको सुन्दरखालीस्थित ह्युम पाइपको खाल्डोमा वर्षात्को पानी जम्मा भएको र बालकहरु त्यहाँ खेल्ने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए।
प्रहरीको टोलीले उनीहरुको उद्धार गरेको र घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक गौरीप्रसाद जैसी नेतृत्वको टोली खटिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।