काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोलाई १० हजार घुससहित नियन्त्रणमा लिएको छ।
महत्तोले फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग १० हजार घुस लिइरहेको समयमा अख्तियारले स्टिङ अप्रेसनमार्फत् नियन्त्रणमा लिएको हो। उनले पटक पटक घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।
घुस रकम लिएको अवस्थामा उनको कार्यकक्षबाटै अख्तियारले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।