काठमाडौं-सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सयले घटेर ९८ हजार २ सय रुपैयँ तोकिएको छ।
अघिल्लो साता उल्लेख्य उतारचढाव आएको सुनको मूल्यमा यो साता सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ। आइतबार तेजावी सुन ९७ हजार ९ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आइतबार १३ सय २५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।