काठमाडाैं-सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर मृत्यु भएकाहरुका परिवारलाई नेपाल सरकारले दुई लाख रुपैयाँ दिने भएको छ। आइतबार बसेको जिल्ला विपद व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठकले मृत्यु भएकाहरुका प्रति परिवारलाई दुई लाख र थप मृत्यु भएमा प्रति मृत्यु थप एक लाख राहत वितरण गर्ने भएको हो ।
त्यसैगरी पहिरोबाट घरसमेत क्षतिग्रस्त भएका ३७ परिवारलाई तत्काल राहतस्वरुप १५ हजारका दरले उपलब्ध गराउने भएको छ।
यसैगरी लिदीमा अझै बेपत्ता २० जनाको खोजी गर्न तीन वटै सुरक्षा निकाय परिचालित गरिएकाे छ भने स्थानीय तहको समन्वमा हेभी इक्युपमेन्टद्वारा खोजी गरिने भएको छ। शुक्रबार गएको पहिरोमा पुरिएका २० को अझै उद्धार हुन सकेको छैन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।