काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। कृष्णप्रसाद आचार्य इप्पानको नयाँ अध्यक्षका रुपमा चुनिएका छन्। त्यस्तै उपाध्यक्षमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी चुनिएका छन्।
महासचिव गोरे शेर्पा तथा सचिवमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन्। कोषाध्यक्षमा आनन्द चौधरी छन्।
सदस्यहरुमा भरत कुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चुनिएका छन्। महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्लले जिम्मेवारी पाएका छन्।
गत असार १५ गतेका लागि तय गरिएको इप्पानको चुनाव २५ जनाभन्दा बढी एकैठाउँमा उपस्थित हुन नपाउने सरकारको निर्णयका कारण स्थगित भएको थियो।
इप्पानले नयाँ कार्यसमिति चयनका लागि पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको थियो। अध्यक्षका प्रत्यासी सूर्यप्रसाद अधिकारी र कृष्ण आचार्य प्यानलसहित चुनावमा उठेका थिए। तर अधिकांश सदस्यहरुको धारणा भने सर्वसम्मतिबाटै नेतृत्व चयन गरिनुपर्ने भन्ने थियो। यही कारण नयाँ चुनावलाई लिएर इप्पानभित्रै मतान्तर रहेको थियो। अन्ततः आइतबार नयाँ कार्यसमिति सर्बसम्मतिबाटै चयन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।